प्रत्येक बर्ष बढ्दै मोटोपन

देशभर कम्तिमा ३९ प्रतिशत मानिस मोटोपनको शिकार



Download our app to get more features

काठमाडौं, ६ पौष । देशभर मोटोपनको समस्या बढ्दै गएको पाइएको छ ।

पछिल्लो समय गरीएको  अध्ययनले देशभर ३९ प्रतिशत मानिस मोटोपनको शिकार बनेको पाइएको हो । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख गरे अनुसार हरेक बर्ष मोटोपनको समस्या बढिरहेको छ । २०१६ को सर्वेमा मोटोपनको समस्यामा बढि महिलाहरु परेको देखिएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेका नेपाल निर्देशक योगेन्द्र प्रसाईले बढि महिलाहरुमा मोटोपन रहेको बताए । देशभर आधार मानेर गरेको यस सर्वेलाई सरकारले आधिकारीक सर्वेमान्ने गरेको छ । यहि रिपोर्टका आधारमा सरकारले आगामी कार्ययोजना बनाउने गरेको छ । 

यस्तो छ मोटोपनको अवस्था
स्वास्थ्य मन्त्रालय, न्यू एरा र आई.सि.एफ ले गरेको सर्वेक्षणमा २२ प्रतिशत महिला मोटोपनको सिकार भएको देखिएको छ । प्रसाईले महिलामा भन्दा पुरुषमा धेरै कम समस्या रहेको बताए । देशभर १७ प्रतिशत पुरुष मात्रै मोटोपनको समस्याबाट ग्रसीत रहेको बताए । २००६ मा ९ प्रतिशत महिलामा मोटोपनको समस्या थियो प्रसाईले भने, २०११ मा आईपुग्दा बढेर १३ प्रतिशत पुगेको छ । उनले पाँच बर्षको बीचमा २०१६ मा आइपुग्दा ९ प्रतिशत बढ्नुलाई सामान्य रुपमा लिन नहुने बताए । न्यु एराले पुरुषको हकमा भने पहिलोपटक सर्वे गरेको जनाएको छ । प्रसाईले ६ हजार ५ सय ६५ जना महिला र ४ हजार ३ सय २९ जना पुरुषमा अध्ययन अनुसन्धान गरेको बताए । 

३ नम्बर प्रदेशमा बढी समस्या
२५ बर्ष माथिका महिला र पुरुषको उचाई र वेटका आधारमा मोटोपनको अवस्थाबारे रिपोर्ट तयार पारेको थियो । निर्देशक प्रसाईले तीन नम्बर प्रदेशका नागरीकहरु बढी मोटोपनको समस्या झेल्न बाध्य भएको बताए । जनस्वास्थ्य विज्ञ डा. अरुण उप्रेतिका अनुसार धनि र गरिब भन्दा पनि मध्यम बर्गका नागरीक मोटोपनको सिकार बनिरहेका छन् । यो सरकारी मान्यता प्राप्त रिपोर्ट हो यसलाई नै आधार मानेर योजना तयार गरीन्छ तर, अझै धेरै ठुलो संख्यामा मोटोपन हुनु पर्छ । उप्रेतिले जीवनशैलिमा आएको परिवर्तन, अस्वास्थ्य खानपान, जंगफुल जस्ता वस्तुको सेवनले गर्दा बढी मानिसमा मोटोपनको समस्या बढ्दै गएको बताईन ।

उपचार गराउन अस्पताल आउने संख्या
स्वास्थ्य मन्त्रालय अन्तर्गत सुचना व्यवस्थापन शाखाका अनुसार देशभर २० हजार ५ सय ५ जनाले स्वास्थ्य उपचार गराएका छन् । देशभरका अस्पतालहरुको रिपोर्टका आधारमा तयार पारेको तथ्याङक अनुसार यस बर्ष मोटोपनको समस्या भएका धेरै नागरीकले स्वास्थ्य उपचार गराएका छन् । चिकित्सकहरुका अनुसार मोटोपन एक प्रारम्भिक मृत्युको जोखिम पनि हो । शाखाका निर्देशक मुक्तिनाथ खनाले २०७३/०७४ मा ११ हजार ६ सय ८९ महिला र ८ हजार ८ सय १६ जना पुरुषले उपचार गराएका छन् । 
 

Last modified on 2017-12-21 16:50:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts