गर्भावस्थामा हुने इक्लामसिया के हो ?



Download our app to get more features

गर्भावस्थामा विशेष ध्यान नदिँदा गर्भको शिशु र आमालाई नकारात्मक असर पर्छ । यस अवस्थामा गर्भवतीले आफ्नो र गर्भमा रहेको शिशुको स्वास्थ्यमा ख्याल नराखे शिशु अपाङ्ग, कमजोर, कम तौल भएको जन्मिन सक्छ ।

जनकपुर अञ्चल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रामनरेश पण्डितले गर्भावस्थामा आमाको सिधा सम्बन्ध गर्भमा रहेको शिशुसँग हुने हुँदा आमालाई कुनै समस्या भए शिशुलाई पनि प्रत्यक्ष असर पर्ने बताए । डा.पण्डितले गर्भावस्थामा वान्ता हुने, छाला चिलाउने, शरीर सुन्निने बताए । साथै गर्भावस्थाको २० औं सातापछि गर्भवतीको रक्तचाप बढ्ने, मिर्गौलामा संक्रमण हुने, कलेजोमा समस्या देखिन सक्ने, पिसाब पोल्ने समस्या पनि हुने गरेको उनले बताए । यस्तो समस्यालाई पे्रग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन अर्थात् इक्लामसिया भनिन्छ । यो गर्भवतीका लागि जोखिमपूर्ण अवस्था हो । उनले भने, ‘यो अवस्थामा मष्तिस्क प्रभावित हुने र शरीर काम्ने पनि हुन्छ ।’ डा. पण्डितले यस अवस्थामा शरीर सुन्निने, मष्तिस्कमा असर पर्ने र गर्भको शिशुको विकास क्रम रोकिने बताए । 

उनले यो अवस्था आउन नदिन गर्भवतीले सुरु देखि नै आफ्नो स्जास्थ्यको ख्याल गर्नुपर्ने भन्दै गर्भावस्थामा सन्तुलित र पोषिलो खाना खाने, नियमित स्वास्थ्य जाँच गराउने, सामान्य व्यायाम गर्ने सुझाव दिएका छन् । डा.पण्डितले यदि इक्लामसियाका लक्षणहरु देखिए तुरुन्त सम्बन्धीत चिकित्सक सँग परामर्श गराई हाल्न भन्दै यदि रक्तचाप नियन्त्रणमा आएन भने बच्चा र आमा दुवैको ज्यान जोखिममा पर्न सक्ने बताए ।

यसैगरी, उनले जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या निम्तने हुँदा सबैले विशेष ध्यान पुर्याउनु पर्ने बताए । जाडो मौसममा विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा नवजात शिशुको राम्रोसँग ध्यान राखिएन भने अनेक संक्रमण र स्वास्थ्य समस्या हुन्छ । डा.पण्डितका अनुसार जाडो महिनामा गर्भवतीमा देखिने मुख्य समस्या निम्न छन् :-

समस्या
—श्वासप्रश्वासमा समस्या
—रुघाखोकी लाग्ने
—रक्तचाप बढ्ने
—पिसाबमा संक्रमण हुने
—शरीर काम्ने
—छाला चिलाउने
—बच्चालाई निमोनिया हुने

कसरी बच्ने
—न्यानो लुगालगाउने
—चिसो खानेकुरा नखाने 
—सुप पिउने
—रक्तचाप बढ्ने बित्तिकै डाक्टरसँग परामर्श गराउने 

Last modified on 2018-11-22 06:02:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts