मानसिक समस्याग्रस्त मैयाँ र पानकुमारीले  पाउने भए उपचार 



Download our app to get more features

रुकुम ७, पुस : रुकुम सदरमुकाम मुसीकोट खलंगामा लामो समयदेखि मानसिक रुपमा समस्या भएका दुइ महिलालाई उपचार तथा संरक्षणका लागि चितवन पठाइएको छ ।

मुसिकोट नगरपालिकाले महिला तथा बालबालिका र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको समन्वयमा मानसिक रुपमा बिछिप्त भएकी दुइ महिलालाई उपचार तथा संरक्षणका लागि मानव सेवा आश्रम चितवन भरतपुर शाखामा पठाएको हो । 

१६ बर्ष पहिलेदेखि सदरमुकाममा बस्दै आएकी रुकुम त्रिबेणी गाउँपालिकाकी अन्दाजी ५० बर्षिय मैयाँ चन्द र एक बर्षदेखि बस्दै आएकी सिस्ने गाउँपालिकाकी ४० बर्षिय पानकुमारी परियारलाई उपचार तथा संरक्षणका लागि भरतपुरमा पठाइएको नगरप्रमुख देबीलाल गौतमले जानकारी दिए । यसअघि पनि यी दुइ महिलालाई उपचार तथा संरक्षणका लागि धेरै प्रयास भएता पनि उपचार र संरक्षण हुन नसक्दा सदरमुकाममा अलपत्र अवस्थामा उनीहरु थिए । 

चन्द र परियार सँधैंजसो फोहोर बटुलेर बस्ने, बजारमा फालिएका फोहोर खाने र होहल्ला गर्ने गर्दै आएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts