क्यान्सर रोग नियन्त्रण गर्न नयाँ चेतनाको आवश्यक: पुर्व स्वास्थमन्त्री पोखरेल



Download our app to get more features

लाहान (सिरहा), ८ पुष । पुर्व स्वास्थ मन्त्री एवं बिना बिभागिय मन्त्री गिरिराजमणि पोखरेलले क्यान्सर रोग नियन्त्रण गर्न नयाँ चेतनाको आवश्यक रहेको बताएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाको २७ औं केन्द्रिय सभालाई शुक्रबार सिरहाको लहानमा उद्घाटन गर्दे उनले पुरानै शैली र परम्परागत ढङ्गले क्यान्सर रोग नियन्त्रण हुन नसक्ने बताउदै क्यान्सर रोग नियन्त्रणको लागि जीवन पद्धति, पर्यावरण र सुर्तीजन्य पदार्थ प्रयोगमा ध्यान दिन आवश्यक रहेको प्रष्ट पारे ।

सचेतना गोष्ठी गरेर मात्र क्यान्सर रोग नियन्त्रण नहुने बताउदै पोखरेलले व्यवहारिक र सैद्धान्तिक पक्षलाई ध्यान दिन सम्बन्धित सरोकारलाई आग्रह समेत गरे ।

‘हामीले दैनिक प्रयोग गर्ने खाद्यान्न बिषालु छ अब जीवन ज्युउने पद्धति पनि बदल्नु पर्छ,’ पोखरेलले भने ‘योग, ध्यान र आयुर्वेद सङ्ग जोडिनुस यस्ले क्यान्सर रोगबाट बचाउँछ ।’ 

सुर्तीजन्य पर्दाथ प्रयोग रोक्न सकिएको छैन भन्दै उनले भने, ‘अर्बुद रोग निवारण सस्थाको २०२२ सम्म सुर्तीजन्य पर्दाथ मुक्त नेपाल घोषणा अभियान ले सार्थकता पाओस ।’ क्यान्सर रोग नियन्त्रणका लागि राज्य, निजि क्षेत्र र समाजिक सघसस्थाहरुको सहकार्य आवश्यक रहेको पोखरेलको भनाइ छ ।

सभालाई सम्बोधन गर्दै पोखरेलले छोटो समय मात्रै आफू स्वास्थ मन्त्री भएपनि केहि महत्त्वपूर्ण निर्णयहरु भएको स्मरण गराउँदै स्वास्थ बिमा बिधेयक संशोधन सहित पास गरेर एउटा ठुलो दुर्घटनाबाट ऐन बचाएको उल्लेख गरे । ‘बिधेयकमा धेरै त्रुटि थियो संशोधन सहित पास भएर ऐन बनेको छ,’ पोखरेलले भने, ‘पुर्व स्वास्थ मन्त्री गगन थापाले तयार पारेको बिधेयक संशोधन नगरी पास गरेको भए स्वास्थ बिमा ऐन दुर्घटनामा पुग्थ्यो ।’

थोरै समय स्वास्थ मन्त्री भएपनि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान, स्वास्थकर्मी र स्वास्थ सस्था सुरक्षा ऐन, स्वस्थ नेपाल सम्बृद्द नेपाल अभियान लगायत सैद्धान्तिक र नितिगत कामहरु आफ्नो कार्यकालमा भएको पोखरेलले बताए ।

क्यान्सर रोगी को उपचारको लागि १ लाख सम्म सहयोग गर्ने निर्णय आफ्नो कार्याकालमा भएको  जानकारी दिदै पोखरेलले राज्यले स्वास्थ क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट छुटाउनुपर्ने आवश्यक रहेको बताए ।

‘शिक्षा, स्वास्थ र भौतिक पुर्वाधारमा लगानी बढाउनुपर्छ अनि मात्रै देश सम्वृद्द हुन्छ,’ पोखरेलले भने ‘ नयाँ सरकार गठन पछि देश नयाँ दिशामा जानेछ ।’

अर्बुद रोग निवारण सस्थाको लाहानमा क्यान्सर हस्पिटल स्थापना गर्ने अभियानमा आफ्नो तर्फबाट सहयोग हुने मन्त्री पोखरेलले प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा अर्बुद रोग निवारण सस्थाका केन्द्रिय  अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले पोखरेल स्वास्थ मन्त्री हुदा संस्थालाइ ५ करोड रुपैया सहयोग आएको बताउदै अरु स्वास्थ मन्त्री हुदा सस्थालाइ सहयोग हुन नसकेको गुनासो गरेका थिए ।

विहिबारदेखी शुरु भएको सस्थाको २७ औं केन्द्रिय सभामा ४५ जिल्लाका प्रतिनिधिरपर्यवेक्षक सहभागी छन् । केन्द्रिय सभाले नया नेतृत्व पनि चयन गर्ने केन्द्रिय सह कोषाध्यक्ष प्रकाश खतिवडाले जानकारी दिए ।


 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts