निःसन्तान सेवाप्रति कर्णालीका महिलाको आकर्षण बढ्दो



Download our app to get more features


काठमाडौं, ९ पौष । जुम्लाकी ३५ बर्षीया शान्ता साही (नाम परिवर्तन) ले बिवाह गरेको ७ बर्षभयो ।

लामो समयसम्म बच्चा नबसेपछि परिवार र छिमेकीहरुले कुरा काट्न थाले । सन्तान नहुनु भनेको दैविक शत्तिको श्राप हो भन्ने भ्रम अझैपनि गाँउघरमा ताजै छ ।

सोही आरोप बच्चा नजन्मिदा मैले पनि पर्यो उनले भनिन्। बच्चा नजन्मिदा दुर्गमका महिलाहरु अझैपनि कुन न कुनै प्रकारको डर त्रास र पीडामा छटपटाई रहेका छन् । जुम्लाबाट निःशन्तान सेवा लिन ओम अस्पताल आएकी साहीले भनीन, ‘हामीले निःसन्तान सेवाका बारेमा सुनेका थिएनौं । बच्चा नजन्मिएका महिला तथा पुरुषको स्वास्थ्य उपचार पछि बच्चा जन्मिने सुनेर आएकी हुँ ।’ 

चिकित्सकहरुले भने निःसन्तान हुनुलाई सामाजीक, आर्थिक कारणले हुने रोगको प्रतिफल भएको ठान्छन् । वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. भोला रिजालले जनचेतनाको अभाव हुँदा यस्तो समस्या देखिएको बताए । 
दुर्गममा बच्चा नजन्मिएको निहुँमा महिलाहरुलाई बाँझी भनेर तिरस्कर गर्ने गरिन्छ डा. रिजालले भने, ‘पुरुषलाई कसैले बाँझो भनेर आरोप लगाएको सुनिदैन । बच्चा नजन्मिएको निहँुमा पटक पटक श्रीमती ल्याउने श्रीमानको परिपाटी समाजमा देखिएको छ । तर, पुरुषका कारण बच्चा नभएपनि त्यसको दोष महिलालाई लाग्दै आएको छ । यसको अन्त्य हुनु पर्छ ।’ 

कालिकोटकी उषा ठकुरी (नाम परिवर्तन) अहिले ३२ बर्ष पुगीन । २४ बर्षको उमेरमा उषाको विवाह भएको थियो । विवाह लगत्तै उनका श्रीमान वैदेशीक रोजगारीमा गएका थिए । चार बर्षपछि श्रीमान आए, बच्चा जन्माउने सोच बनायौं तर, बच्चा बसेन उनले भनीन गाउँमा धेरै धामी झाँक्री गरियो विभिन्न किसिमका औषधि प्रयोग गर्दा पनि नभएपछि टेस्ट्युव गर्न ओम अस्पताल आएका छौं । हामीले डा. भोला रिजालको नाम सुनेका थियौं उनले भनीन, ‘बच्चा नहुनेको उपचार गरेर बच्चा हुन्छ भने जाँउ भनेर केही साथीसंग आएकी हुँ । दुई पटक देखाई सके बच्चा बस्ने ग्यारेन्टी दिनु भएको छ ।’ उनले जनचेतना आवश्यक रहेको बताइन । रिजालले भने मेरो मुख्य उद्देश्य भनेकै दुर्गमसम्म जनचेतना पुर्याएर निःशन्तान हुनेहरुलाई सन्तान दिन सकिन्छ भन्ने हो । 

सरकारको सहयोग आवश्यक  
डा. रिजाल भन्छन्–सरकारको परिवार नियोजनको ठुलो कार्यक्रम बर्र्र्षाै अगाडि देखि चलेको थियो, नहुनेलाई हुने र धेरै हुनेलाई रोकथाम गर्ने नीति लागु गर्न सक्दैनौं । यस्तो अवस्थामा परिवार नियोजनको कार्यक्रम सफल हुन सक्दैन । उनले सरकारले दिएको परिवार नियोजनको सेवा बच्चा नहुनेलाई लक्षित गर्नुपर्ने बताए । तत्कालीन परिवार नियोजन संघकी उनको भनाई छ । डा. रिजालले देशका कुना कुना सम्मपनी निःसन्तान भएर महिलाहरुले मर्न पर्दैन भन्ने भावना पुर्याएको बताए । 

टेस्ट्ट्युब बेबी अन्तिम विकल्प नभएको रिजालको भनाई छ । यसका पछि ठुला ठुला सेवाहरु आएका छन् । डा रिजालले १७ देखि २० बर्षको बिचमा पनि बच्चा नभएका दार्चुला, बझाङ्ग, रोल्पा, डोल्पा, मुगु, बाजुरा, कालिकोट लगायतका जिल्लाबाट आएका बिरामीहरु ले निःसन्तान बारे धेरै ज्ञान दिएसकेको स्पष्ट पारे ।  

कती आउँछन दुर्गमबाट 
निसन्तान महिलाहरुलाई बच्चा हुन नदिने एक प्रकारको रोग हो । पौष्टीक आहाराको कमी, शारीरिक रोग, यौनसम्पर्कका कारण सर्न सक्ने रोगहरु, ट्युबर क्लोसिस आदिका कारण बच्चा हुदैन । बैदेशीक रोजगारीमा गएका पुरुषहरुले विभिन्न रोग लिएर आउने र घरमा श्रीमतीलाई सार्ने कारणले महिलाहरु बाझोपना भएर बस्नु परेको डा. रिजाल बताउँछन् । यसको उपचार सफल गर्न आफुहरु तयार रहेको पनि उनले बताए । 


अहिले सम्म १ हजार टेस्ट्ट्युब बेबी तयार भइसकेका छन् । डा. रिजालले ३० देखि ४० बर्ष उमेर समुहका महिलाहरु परिक्षण गराउन आउने गरेको बताए । 

अस्पतालमा आउने महिलाहरु मध्ये १०० मा १५ प्रतिशत बाँझोपनाको समस्या हुने गरेको रिजालको भनाई रहेको छ । १५ प्रतिशत मध्ये ८५ प्रतिशत साधारण उपचारबाट गर्भवती हुने गरेका छन् भने १५ प्रतिशतको मात्रै टेस्टे्यब बेबी जन्मने गरेको छ । कर्णालीबाट मात्रै पछिल्लो बर्ष तीन सय भन्दा बढीको सख्यामा महिलाहरु निःसन्तान सेवा लिन आएका छन् । 
 

Last modified on 2017-12-24 16:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts