तीन दिने स्वास्थ्य शिविरमा भीड 



Download our app to get more features

बेनी, म्याग्दी, १० पुस (रासस) : संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ । 

आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल मलेशियामा व्यापार गरी बस्नुभएका दीपक बोगटीको आर्थिक सहयोग र बृहत् स्वास्थ्य शिविर लायन्स क्लब र लियो क्लब दरबाङको व्यवस्थापनमा आयोजना गरिएको हो ।
 शिविरको पहिलो दिन आइतबार आँखा शिविरबाट ३२६ र बृहत् स्वास्थ्य शिविरबाट ३३९ गरी ६६५ जना लाभान्वित भएको लायन्स याममति रोकाले जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क औषधि र मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्नेलाई पोखरा लगेर निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । 
आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा हरिमाया गुरुङको नेतृत्वमा छ जना प्राविधिक र बृहत् स्वास्थ्य शिविरमा डा राजेन्द्र पौडेल, डा तिलक गौतम र डा कृष्ण कँडेल लगायतका चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । आँखा र बृहत् स्वास्थ्य शिविर मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ । 
 

Last modified on 2017-12-25 08:35:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts