निःशुल्क आँखा शिविरबाट २१३ जनाले लिए सेवा



Download our app to get more features

रामपुर, पाल्पा, ११ पुस (रासस) : पाल्पाको रामपुर नगरपालिका–१० रामटारमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१३ जना बिरामीले सेवा लिएका छन् । 

सोमबार भएको शिविरमा आँखा परीक्षण गराएकामध्ये छ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा रिफर गरिएको छ ।

अन्य बिरामीलाई आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको किसनकुमार श्रेष्ठले बताए ।   

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजना र ज्ञानपुञ्ज युवा समाजको व्यवस्थापनमा शिविर चलेको हो । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts