माघदेखि सिटामोल उत्पादन गर्दै औषधि लिमिटेड

What's This?


Download our app to get more features

काठमाडौं, ११ पुष । नेपाल औषधि लिमिटेडले माघ दोस्रो सातादेखि सिटामोल उत्पादन गर्ने भएको छ । सिटामोल उत्पादनको लागि ९० प्रतिशत भन्दा बढी काम सकिसकेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसम सुवेदीले बताएका छन् । 
सिटामोल उत्पादन इकाइ पुनर्निर्माणको लागि आवश्यक खरिद प्रक्रिया सम्पन्न गरी निर्माण अन्तिम चरणमा पुगेको महाप्रबन्धक डा.सुवेदीले बताए । 

गुणस्तर नियन्त्रण विभागको प्रयोगशालालाई कुशल प्रयोगशाला अभ्यास विधिमा तोकिए बमोजिम नवीकरण गरेको छ । जसमा प्रयोगशालको भौतिक पूर्वाधारहरू विद्युत आपूर्ति, डिस्टिल वाटर सप्लाई, स्टाबिलिटी च्याम्बर आदि जडान गरिसकेको छ । 
२८ प्रकारका अत्याधुनिक विश्लेषणात्मक उपकरण एचपीएलसी, एफटिआइआर,स्पेक्ट्रेस्कोप लगायतका जडान भईसकेको छ । लिमिटेडमा गुणस्तर निगरानी शाखाको स्थापना भइ कामअघि बढेको महाप्रबन्धक डा. सुवेदीले बताए । 

प्रयोगशाला सञ्चालनको लागि आवश्यक जनशक्ति समेत नियुक्त गरिसकेको महाप्रबन्धक डा. सुवेदीले जानकारी दिए । विश्व स्वास्थ्य संगठनको मापदण्ड गुड म्यानुफ्याक्चरीङ प्राक्टिस (जिएमपी) पूरा गर्नेतर्फ समेत प्रक्रिया अघि बढेको उनले बताए । 
सरकारले जिएमपी अनुसार पुन सञ्चालन गर्नको लागि १४ करोड ६५ लाख ऋण स्वरुप नेपाल औषधि लिमिटेडलाई दिने निर्णय गरेको थियो । त्यसअनुरुप ६ करोड ४८ लाख निकासा भइसकेको छ । 

०६७ सालमा विश्व स्वास्थ्य संगठनको मापदण्ड जिएमपी लागु गरेदेखि नेपाल औषधि लिमिटेड बन्द भएको थियो भने गत बर्ष सरकारले पुनः सञ्चालनमा ल्याएको थियो । लिमिटेडले अहिले जीवनजल, ग्लिसिरिन तथा डिस्टिल्ड वाटरको उत्पादन गरिरहेको छ । 

Last modified on 2017-12-27 10:58:24

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts