आजै स्वास्थ्य सचिव नियुक्त गर्ने सरकारी तयारी,को–को भए सिफारिश ?



Download our app to get more features

काठमाडौं, १३ पौष । झण्डै एक महिना देखि रिक्त रहेको स्वास्थ्य मन्त्रालयको सचिव आज नियुक्ति हुने भएको छ ।

गत मंसिर १८ गते तत्कालीन सचिव डा. किरण रेग्मीले अनिवार्य अवकाश पाएसंगै स्वास्थ्य मन्त्रालयमा सचिव पद रिक्त रहेको छ । 

मन्त्रालय स्रोतका अनुसार सचिवका लागि तीन जनाको नाम सिफारीस गरीएको छ । कुनै समस्या नआए आजै स्वास्थ्य सचिव नियुक्ति हुने स्रोतको भनाइ छ । हाल स्वास्थ्य मन्त्रालयको  सचिवको रुपमा डा. पुष्पा चौधरीले काम गरिरहेकी छन् ।

डा. पुष्पा चौधरीका अनुसार बुधबार साँझ सचिव बढुवा समितिले सामान्य प्रशासन मन्त्रालमा आवश्यक डकुमेन्ट पठाएको छ । समितिको सदस्य सचिवका रुपमा सामान्य प्रशासन मन्त्रालयका सचिव रहने छन् । सचिव बढुवा समितिले  डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र  डा. सुशील प्याकुरेलको नाम सिफारिस गरेको छ ।

 तीन जना मध्येबाट मन्त्री परिषदले एक जनालाई सचिवमा सिफारीस गर्ने छ ।

Last modified on 2017-12-28 16:44:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts