निःशुल्क आँखा शिविरबाट ६ सय ५ लाभान्वित



Download our app to get more features

रामपुर (पाल्पा), १३ पुष । पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६ सय ५ जना बिरामी लाभान्वित भएका छन् । 

बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज प्रभाषमा पठाइएको छ । 

बिरामीलाई सहजरुपमा सेवा दिने उद्देश्यले लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजनामा रामपुर नगरपालिकाका विभिन्नस्थानमा शिविर सञ्चालन गरिएको हो । 

सोमबार रामपुर नगरपालिका–१० को रामटारमा भएको शिविरमा सेवा लिएका २ सय १३ बिरामीमध्ये छजनामा मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मंगलबार रामपुर नगरपालिका–१ को स्याउली बजारमा चलेको शिविरमा २ सय १७ जना बिरामीमध्ये १८ जनामा मोतियाबिन्दु र बुधबार रामपुर नगरपालिका–५ को बेझाड बजारमा चलेको शिविरमा १ सय ७५ आँखाका बिरामीमध्ये २२ जनामा मोतियाबिन्दु फेला परेको चगवती चश्मा पसलका सञ्चालक किसनकुमार श्रेष्ठले जानकारी दिए । 

शिविरमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनताले सेवा लिएका छन् । गाउँघरमै आँखा परीक्षण तथा औषधि उपचार निःशुल्क पाएपछि बिरामी खुशी भएका छन् ।

रासस
 

Last modified on 2017-12-28 14:08:24

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts