नवनियुक्त स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले भनिन् 'स्वास्थ्यको बजेट १० प्रतिशत पुर्‍याउछु'



Download our app to get more features

काठमाडौं, १३ पुष । सरकारले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा चौधरीलाई सचिवमा नियुक्त गरेको हो । बढुवा समितिले गरेको सिफारिसका आधारमा डा चौधरीलाई सरकारले सचिवमा बढुवा गरेको हो । समितिले डा चौधरीसहित डा सुशील प्याकुरेल र डा विनोदमान श्रेष्ठको नाम सिफारिस गरेको थियो । डा चौधरी ०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी ०६२ सालमा ११ औं तहमा प्रतिस्पर्धामा बढुवा भएकी थिइन् । 

गुणस्तरीय र सहज स्वास्थ्ये सेवा मेरो प्राथमिकता : सचिव चौधरी 
नवनियुक्त सचिव डा.चौधरीले एक अर्कासंग संयोजन गरेर अघि बढ्ने बताईन । उनले केन्द्रदेखि जिल्ला सम्म नेतृत्वको अभाव रहेको भन्दै नेतृत्वको खाँचोलाई चिरेर आफु अघि बढ्ने बताईन । नेतृत्व अभावले स्वास्थ्य क्षेत्र पछिल्ला बर्षमा धरासयी अवस्थामा पुगेका छन् । हामी संघियतामा जादै छौं सचिव चौधरीले भनिन्, तर परिपक्क नेतृत्वको खाँचो थियो अब यसको समाधान मैले गरेर अघि बढ्ने छु । 

स्वास्थ्यको बजेट १० प्रतिशत पुर्‍याउने 
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जम्मा ४ प्रतिशत बजेट राज्यले छुट्याउने गरेको छ यो अत्यन्तै कम हो सचिव चौधरीले भनिन् । उनले अर्थमन्त्रालय समक्ष आवश्यक छलफल र परामर्श गरेर स्वास्थ्यको बजेमा बृद्धि गरी १० प्रतिशत पुर्याउने योजना रहेको पनि बताईन् । उनले भनिन बजेको खर्च कसरी र कहाँ गर्ने भन्ने हामीलाई जानकारी छ तर, बजेर अभाव छ । 

अभाव बजेट निकासा गर्ने मेरो पहिलो भूमिका रहनेछ । हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा दिने मेरो पहिलो लक्ष्य रहने छ उनले भनिन । सचिव चौधरीले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकले पाउनका लागि पनि स्वास्थ्य संरचना र कर्मचारीमा राज्यले खर्च बढी गर्नुपर्ने बताईन् ।
 

Last modified on 2018-03-27 04:36:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts