एमडीआर क्षयरोगका बिरामीले ९ महिना औषधि खाए पुग्ने

What's This?


Download our app to get more features

काठमाडौं, १३ पुष । बहुऔषधि प्रतिरोधात्मक क्षयरोग अर्थात एमडीआर टीबी भएका बिरामीले अब नौ महिना औषधि खाए निको हुने भएको छ । 

यसअघि एमडीआर टीभीका बिरामीले २० महिनासम्म औषधि सेवन गर्नु पथ्र्यो । बहुऔषधि प्रतिरोधी क्षयरोगको व्यवस्थापनमा छोटो अवधिको उपचार विधिको शुभारम्भ गर्न लागेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । 
बहुऔषधि प्रतिरोधी क्षयरोगको उपचार विधि नेपालमा नमूनाको रुपमा शुरु भइसकेको छ । ०६२ सालदेखि बहु औषधि प्रतिरोधी क्षयरोगको उपचार शुरु भएको हो । २० देखि २४ महिनासम्म टीबीको औषधि खानुपर्ने बिरामीलाई शुरुमा छोटो अवधिको औषधोपचार सञ्चालन गरेको थियो ।

 

के हो छोटो अवधिको औषधि ?
औषधिको नकारात्मक प्रभाव, औषधिबाट उत्पन्न हुने विषाक्तता र बिरामीलाई उपचार केन्द्रसम्म ल्याउने समस्याका कारण यस औषधिको सफलतादर ७० प्रतिशत रहेको छ ।  
विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त ९ महिने छोटो उपचार विधिको लागि आवश्यक निर्देशिका, प्रोटोकल एवं स्वास्थ्यकर्मीलाई तालिम समेत दिइसकेको राष्ट्रिय क्षयरोग केन्द्रका निमित्त निर्देशक डा. केदारनरसिंह केसीले बताए । 
अहिले बहुऔषधिको छोटो उपचार विधि काठमाडौं, विराटनगर, बुटवल र नेपालगञ्ज गरी चार स्थानमा शुरु गर्न लागेको हो ।

यस उपचार विधिको लागि चाहिने आवश्यक सबै औषधि दामियन फाउन्डेशन बेल्जियमबाट राष्ट्रिय क्षयरोग केन्द्रलाई उपलब्ध गराइएको छ । 
पहिलाको उपचार विधिमा ८ देखि १२ महिनासम्म सुई समेत लिनु पर्दथ्यो । अब लागु गर्न लागेको छोटो उपचार विधिमा ४ देखि ६ महिनासम्म सूई लिए पुग्छ भने औषधि ९ महिनासम्म सेवन गर्नु पर्छ । हाल यो उपचार सेवा गर्भवती र फोक्सोमा टीबी भएकाबाहेक अन्य अंगमा क्षयरोग भएका बिरामीलाई दिइदैन् । 
विभिन्न देशमा सञ्चालनमा रहेको यो उपचार विधिको विस्तृत अध्ययन गरी नेपालमा लागू गर्न लागिएको छ । हाल नेपाल लगायत विश्वका ३८ मुलुकहरूले यो उपचार विधि अवलम्बन गरिसकेका छन् । 

०७५ सालको असार मसान्तसम्ममा छोटो उपचार विधिको सेवा शुरु गर्ने लक्ष्य छ । राष्ट्रिय क्षयरोग कार्यक्रमले सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त बनाउने योजनाअनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

Last modified on 2017-12-29 07:49:13

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts