स्वास्थ्य मन्त्री बोहराले गरे रिक्त दरबन्दी पुर्ति



Download our app to get more features

काठमाडौं,१३ पुष । स्वास्थ्य मन्त्री दीपक बोहराले रिक्त दरबन्दी पुर्ति गरेका छन् । बिहीवार बसेको मन्त्रीस्तरीय निर्णय मार्फत बोहराले खाली रहेका केही पदमा पदस्थापन गरेका छन् भने केही ठाउँमा सरुवा समेत गरेका छन् ।

मन्त्रालयको सचिवालयका अनुसार रिक्त रहेका चार स्थानमा एघारौं तहका चार जना चिकित्सकलाई जिम्मेवारी दिएका छन् । स्वास्थ्य सेवा विभाग,परिवार स्वास्थ्य महाशाखाको निर्देशकमा डा. विकास देवकोटालाई नियुक्त गरिएको छ । डा.देवकोटा स्वास्थ्य मन्त्रालयमा थिए । 

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा.बासुदेव पाण्डेलाई ल्याइएको छ । उनी मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक थिए । त्यस्तै मध्यमाञ्चल क्षेत्रीय निर्देशकमा सिन्धुली अस्पतालका चिकित्सक डा.मदन उपाध्यायलाई पठाइएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा डा. अनुज भट्टचनलाई पठाइएको छ । 
 

Last modified on 2018-03-27 04:35:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts