नवनियुक्त स्वास्थ्य सचिव डा. चौधरीद्वारा पदभार ग्रहण

What's This?


Download our app to get more features

काठमाडौं, १४ पुष । विहीबारको मन्त्रीपरिषद्बाट स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त डा. पुष्पा चौधरीले आज पदभार ग्रहण गरेकी छिन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवमा नियुक्त भएको पत्र बुझेपछि उनी शुक्रबार उनले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि सचिव डा. चौधरीले सबैसँग मिलेर मन्त्रालयका चुनौती सामना गर्ने बताइन । ‘काममा सफलता मिल्नका लागि टिमवर्कको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भनिन्, ‘त्यसकारण स्वास्थ्यका कामहरू अगाडि बढाउन सबै मिलेर जानुपर्छ ।’

डा. चौधरी ०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन । उनी ०६२ सालमा ११औं तहमा प्रतिस्पर्धाबाट बढुवा भएकी थिइन । गत ८ असारमा उनी १२औं तहमा बढुवा भएकी हुन । यसअघि डा. चौधरी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूति गृहकी निर्देशक समेत भएकी थिइन । 
 

Last modified on 2017-12-29 17:43:57

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts