सरकारी र निजीमा एउटै निर्देशक



Download our app to get more features

काठमाडौं, १६ पुष । सरकारी अस्पतालको निर्देशक र निजी अस्पतालको निर्देशकमा एउटै व्यक्ति भएको पाइएको छ । प्रसुति गृहको निर्देशक डा. जागेश्वर गौतममले दुवै जिम्मेवारी सम्हालेका छन् । गौतमले आफ्नो सामान्य लगानी रहेको ओम अस्पतालको मेडिकल डाईरेक्टर र प्रसुति गृहको डाइरेक्टरको भुमिका निर्वाह गरीरहेको पाइएको छ ।  

तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाको पालामा  कामप्रति असहमती जनाउदै प्रसुति गृहको निर्देशकबाट राजीनामा पदिएर बिदामा बसेका थिए । सरकारलाई बिदामा बसेको पत्र पठाएर गौतम आफ्नो लगानी रहेको चावहित स्थीत ओम अस्पतालको निर्देशक भएका थिए । एक बर्ष ओम अस्पतालको निर्देशक भएका गौतमलाई गत १३ गते स्वास्थ्य मन्त्री दिपक बोहोराले पुनः प्रसुति गृहको निर्देशक बनाएको छ । 

गौतमले ओम अस्पतालको निर्देशक पदबाट हालसम्म पनि राजीनामा दिएका छैनन । अस्पतालका मेनेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले राजीनामा नदिएको तर, केही समय बिदामा बस्ने पत्र पठाएको बताए । उनले भने, ‘उहाँले राजीनामा दिनु भएको छैन । बिदामा बस्ने कुरा गर्नु भएको छ । सायद बिदामा बस्छु भनेरै छाड्नु भएको होकी ?’ 

गौतमले ओम अस्पतालको निर्देशक बाट औपचारीक राजीनामा नदिएको अस्पताल प्रशासनले बताएको छ । यता गौतमले भने निर्देशक बन्नका लागि स्वास्थ्य मन्त्रालयमा झुट बोलेको पाईएको छ । गौतमले आफुले ओम अस्पतालको निर्देशकबाट औपचारीक रुपमा राजीनामा दिएको बताएका छन् । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले भनिन्, ‘डा. गौतमले हामीलाई ओमबाट पुर्णरुपमा राजीनामा गरेको बताउनु भएको छ । त्यहि आधारमा निर्णय गरेको हो यस बिषयमा गौतम संग बुझ्नुपर्छ ।’

डा. गौतम आफ्नो व्यक्तिगत फाइदाका लागि सरकारी सेवाबाट विदा बस्दै निजीको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

Last modified on 2018-01-03 11:42:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts