निशुल्क शिविरमा १९ जनाको शल्यक्रिया



Download our app to get more features

रुकुम, १७ पुस (रासस) : रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । 

मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको आयोजनामा सञ्चालन भएको शिविर एक महिनासम्म सञ्चालन हुने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।

शिविरमा हाडजोर्नी, आगोले पोलेर शरीर अंगभंग भएको, महिलाको पाठेघर तथा पेटसम्बन्धी समस्या भएका बिरामीको शल्यक्रिया भइरहेको उनले बताए । 

आर्थिक अभावले गर्दा जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने बिरामीका लागि शिविरले राहत दिएको बिरामीको भनाइ छ । शिविरमा डा. एन शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाका जटिल समस्या भएका बिरामीले उपचार गराइरहेका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts