शक्तिको आडमा वर्षोदेखि एकैठाउँमा बस्दै विशेषज्ञ चिकित्सक 



Download our app to get more features

काठमाडौं, १८ पुष। राजनीतिक दबाब र प्रभावका आडमा विशेषज्ञ चिकित्सकहरु बर्षौ देखि एउटै अस्पतालमा काम गर्दै आएका छन् ।

सरकारले प्रत्येक जिल्लामा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क शल्यक्रिया सेवा दिने घोषणा गरेपनि बर्षौदेखि एकै ठाउँमा बसेर सेवा दिएका चिकित्सकहरु जिल्ला जान मानेका छैनन् । लामो समय एउटै संस्थामा बसेका चिकित्सकलाई सरकारले सरुवा गर्ने तयारी गरेपनि त्यस्ता चिकित्सकहरुले सरुवा नगर्न माथिल्लो निकायबाट निरन्तर दबाब दिने गरेको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनले जनाएको छ ।

तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाले ५ बर्ष माथि एउटै सस्थामा बसेका चिकित्सकको नाम संकलन गरी सरुवाको प्रक्रिया अगाडी बढाएका थिए एक कर्मचारीले भने, तर, माथिल्लो दबावले सरुवा गर्न सकिएको छैन । उनले कतिपय अस्पतालले नाम समेत नपठाएको स्पष्ट पारे । 

मालदार अस्पतालको मोह 
स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिना यता ५ बर्ष माथि एकै ठाउँ बसेका चिकित्सकहरुको संख्या निकालेको छ । मन्त्रालयले ५० जना बढिको लिस्ट बनाए पनि त्यो पर्याप्त नभएको  कर्मचारी प्रशासन शाखाको भनाइ छ । चिकित्सकहरुले लामो समय एउटै अस्पतालमा बस्दा आफ्नै क्लिनीक र नर्सिङ् होम खोल्ने र सरकारी अस्पतालमा भन्दा निजीमा बढि समय दिने गरेको मन्त्रालय बताउछ । 

सरकारले विशेषज्ञ चिकित्सक प्रत्येक जिल्लामा पुर्याउने बताएपनि लामो समय देखि एक ठाउँमा बसरेर आफ्नै क्लिनीक चलाएका चिकित्सकहरु जान नमान्दा सेवा अन्यौलमा देखिएको छ । पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रका अनुसार एउटा मात्रै सुपर स्पेसलिष्ट दर्बन्दी भएको अवस्थामा सरुवा गर्न नसकिने बताए । सरुवा गर्नै नहुने हैन मिश्रले भने, सरकारलाई आवश्यक परेको अवस्थामा एउटा मात्रै दर्बन्दी भएपनि ६ महिनाका लागि पदसहित पठाउन सक्छ । 

सरुवा गर्न खोज्दा राजनीतिक थ्रेट
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, हामीले सरुवा गरेका केही चिकित्सक सर्वोच्चबाट स्टे अडर लिएर समेत आए । सुगममा मात्रै हैन दुर्गममा पनि विशेषज्ञ सेवा दिने उदेश्यले लामो समय एक ठाउँ बसेको चिकित्सक चलाउन खोज्दा राजनीतिक दवाब आएको स्यंम त्यसैले अहिले स्थगीत भएको छ । सामान्यतया एक चिकित्सक बढिमा दुई देखि तीन बर्ष भन्दा बढी एक ठाउँमा बस्न पाउदैन । तर, राजधानी लगायत बाहीरका मालदार अस्पतालमा ५ देखि १० बर्ष सम्म एउटै चिकित्सक बसिरहेको स्वास्थ्य मन्त्रालय बताउछ । 

सरकारले दुइ देखि तीन बर्षको विचमा सरुवा गर्न सक्छ
पुर्व सचिव मिश्रले भने, ‘नेपाल सरकारले दुइ देखि तीन बर्षको विचमा चिकित्सकको सरुवा गर्न सक्छ । यो नियमित प्रक्रिया हो । यसरी सरुवा गरेका चिकित्सकले देशका बिभिन्न स्थानमा गएर आफ्नो योग्यताको उपयोग गरि जनतालाई गुणस्तरीय सेवा दिन्छ ।’ एउटै चिकित्सक एक ठाउँमा लामो समय देखि निरन्तर बसेको खण्डमा बिक्रिति मौलाउन थाल्दछ मिश्रले थपे, ‘यस्तो अवस्थामा सम्बन्धीत चिकित्सकले औषधि पसल, नर्सिङ् होम खाल्ने र सरकारी अस्पतालमा कम समय दिने गर्दैछन् । त्यसैले यस्ता चिकित्सक सरुवा गर्दा जागीर छाड्नछ तर जान मान्दैनन ।’

वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, मध्य पश्चिमान्चल क्षेत्रीय अस्पताल सुर्खेत, भरतपुर अस्पताल, मानसिक अस्पताल पाटन, नारायणी उप क्षेत्रीय अस्पताल, कोशी अञ्चल अस्पतालमा बढि चिकित्सकहरु लामो समय सम्म बस्ने गरेका छन् । 
 

Last modified on 2018-01-03 08:53:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts