नर्सको पीडा : सबैले सुन्छन् तर समाधान कसैले गर्दैनन् 

What's This?


Download our app to get more features

काठमाडौं, १८ पुष ।  रिना श्रेष्ठ पेशाले नर्स हुन् । उनीजस्तै नर्सहरू अहिले आफूलाई  परेको समस्या लिएर सुनुवाईको आशामा स्वास्थ्य मन्त्रालयमा दिनहुँ धाइरहेका छन् । नर्सहरूकोे समस्याका बारेमा उनले यसरी बेलिबिस्तार लगाइन् । 

नर्सको ‘एटिच्यड’लाई लिएर प्रश्न गर्नेले हाम्रो समस्या किन देख्दैनन् । हामीलाई सँधै नराम्रो रूपमा प्रस्तुत गरिन्छ । हाम्रो बोली छुच्चो हुन्छ, हामी निर्दयी हुन्छौं भन्ने गुनासो मात्रै सुनिन्छ । फलानो नर्स यस्ती्, बोली नै राम्रो छ्र्रैन् भनेर आलोचना गर्छन । तर एउटी नर्सले कति पीडामा बसेर आफ्नो ड्युटी गरिरहेको हुन्छ त्यो पर्दाभित्रै राखिन्छ । पीडाभित्र बसेर पेशागत धर्म निर्वाह गर्न बाध्य हुन्छौं हामी ।  

मैले एक वर्ष अघि वीर अस्पतालबाट सेवा प्रवेश गरेको थिए । त्यहाँ एक जना नर्सले ६ जना बिरामीलाई हेर्ने नियम छ । तर, एउटा नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ । अस्पतालले वार्डमा हेल्पर समेत नियुक्त नगरिदा हेल्परको काम समेत नर्स आफैंले गर्नुपर्ने बाध्यता छ ।  
अस्पतालले बिरामी जति पनि भर्ना लिने तर आवश्यक नर्स भर्ना नगर्दा नर्सहरू तनावमा ड्युटी गर्छन् । एक जना नर्सले धेरै बिरामी हेर्नुपर्दाको तनाव र बिरामीका आफन्तले अनावश्यक बिषयमा सोधुपुछ गर्दा व्यवहारतः कडा देखिन्छ । तर त्यो सबै तनावमा पेशा गर्नुपर्दा भएको हो । स–सानो कुरामा धेरैपटक प्रश्न उठाउँदा रिस उठ्नु स्वभाविक हो । कतिपय बिरामीका कुरूवाले हामी एक्लो देखेर धम्क्याउँछन् पनि । हामी कार्यक्षेत्रमै समेत सुरक्षित महशुस गर्न सक्दैनौं । 

चौबिसै घण्टा सेवामा खटिनुपर्ने बाध्यता
कार्यालयमा काम गर्ने कर्मचारीले निश्चित समयसम्म मात्रै काम गर्छन् । तर, नर्स पेशामा ड्युटी समय फरक फरक हुन्छ । कहिले बिहान, दिउँसो र रातीको ड्युटी गर्नुपर्दा ड्युटी समय यही नै हो भन्ने हुँदैन् ।  राती ड्युटी गर्नुपर्दा नर्सले निकै तनाव ब्यहोर्नु पर्छ । निद्रा छोडेर काम गर्छन् तर त्यस अनुरूप सम्मान भने छैन् । 

भोलेन्टियरका रूपमा काम लगाउने प्रवृत्ति 
अस्पतालले भोलेन्टियरका रूपमा नर्सलाई काम गर्न पाउँदैनन् । तर अहिले पनि धेरै अस्पतालहरूले भोलेन्टिएरका रूपमा काममा लगाइराखेका छन् । 

बेराजगार नर्सहरू यतिकै बस्नुभन्दा भोलेन्टिएरकै रूपमा भए पनि काम गरिराखेका छन् । उनीहरू अस्पतालले स्टाफ मागेको बेला रोजगारी पाउने आशामा विना तलब सुविधा काम गरिरहेका छन् । नर्स भर्ना गर्दा पनि प्रशासनमा आफ्ना मान्छे भयो भने जागिर पक्का हुन्छ । जुन निजी अस्पतालमा व्याप्त छ ।  
अस्पताल प्रशासनले पनि ५–६ महिना भोलेन्टिएरका रूपमा काम गरेमा रोजगारी सुनिश्चित गर्ने आश्वासन दिन्छन् । देशका नाम चलेका ठूला अस्पतालले समेत निकै थोरै तलबमा नर्सहरूलाई काम लगाइरहेका छन् ।

पीसीएल नर्स र बिएन नर्समा फरक नहुनु
पीसीएल नर्स पूरा गरेकाले स्टाफ नर्सका रूपमा काम गर्न पाउँछन् । तर, नेपालमा प्रायः अस्पतालले स्टाफ नर्स पदमा मात्रै रोजगारी माग्छन् ।
जसले गर्दा बीएन नर्स र पीसीएल नर्समा फरक हुँदैनन् र उनीहरू एउटै लेबलमा बसेर काम गर्नुपर्ने बाध्यता छ । 

करारमा नियुक्ति
निजी अस्पतालमा प्रायः नर्सहरू करारमा नियुक्त गरिएका हुन्छन् । अस्पताल प्रशासनले चाहेको अवस्थामा उनीहरूलाई जागिरबाट सहजै निकाल्न पाउँछन् । कसैले अस्पताल प्रशासनविरूद्धमा आवाज उठाए उनीहरूलाई विना कारण जागिरबाट निकाल्न पछि पर्दैनन् । 

बीमा नहुनु, निःशुल्क उपचार नपाउनु
नर्सले आफले काम गरिरहेको अस्पतालमा समेत निःशुल्क उपचार पाउँदैनन् । 
पीसीएल हुँदै बीएन नर्ससम्मको अध्ययन गर्दा एक नर्सको करिब १२ देखि १५ लाखसम्म खर्च हुने गर्छ । पढाई सकेपछि उनीहरूले निकै थोरै तलबमा जागिर गर्नुपर्ने बाध्यता छ । जुन कारणले गर्दा नर्सहरू बिदेश पलायन हुन बाध्य छन् । 
 

Last modified on 2018-03-27 04:28:01

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. thik ho sywastha mantralaya ma kura rakh nu derai anibarya xa kina ki nepal ma aafno qualification anusar rojgari dilauna sarkarlai dabab dinu aabasyak xa qualification anusar post ko category ma rakhna kin sakdain yo sab politics le garda jhai vako jasto lagxa mero bujhai ma so that ahileko situation ma nurse le matra navayara junkunai subject ma graduate gareko byakti khali berojgari basnu vanda aru kunai bikalpai xain bikalpa xa ta khadimuluk teskaran aa-aafno pida aafulai xa aafno jahej magh lai pura garauna sahayog garauna hami pani help garne tayar xau


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts