पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. सिर्जना नियुक्त



Download our app to get more features

काठमाडौं,१८ पुस । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कूल अफ मेडिसिनको डिन पदमा डा.सिर्जना श्रेष्ठ नियुक्त भएकी छिन् ।

पाटन अस्पतालमा बालरोग विशेषज्ञका रुपमा कार्यरत डा.श्रेष्ठलाई पाटन विज्ञान प्रतिष्ठानको बोर्डले मंगलवार डिन पदमा नियुक्त गरेको हो । 

प्रतिष्ठानको विधान अनुसार डा.श्रेष्ठलाई रेक्टर डा.राजेशनाथ गंगोलको सिफारिसमा उपकुलपति भरतकुमार यादवले स्कूल अफ मेडिसिनको डिन पदमा नियुक्त गरेको हो । 
प्रतिष्ठानमा स्कूल अफ मेडिसिनको डिन पदमा डा.श्रेष्ठको यो दोस्रो कार्यकाल हो । 
 

Last modified on 2018-03-27 04:33:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts