जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला सम्पन्न



Download our app to get more features

शनिबार, २२ पुष । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित अन्तरक्रियामा जोर्नी प्रत्यारोपण गराएकाहरुले नेपालमा नै बिदेशका ठुला अस्पतालहरुको झैं जोर्नी प्रत्यारोपण सेवा उपलब्ध भएपछि आफुहरुले निकै राहत महशुस गरेको बताएका थिए । कार्यक्रममा सहभागि काभ्रेकी ६८ बर्षीय सन्चमायाँ तामाङले जोर्नी प्रत्यारोपण पछि हामी अपाङ्गताबट मुक्त भएर सहज रुपमा हिँडडुल गर्न सक्ने भएको बताएकी थिईन् । उनले दुईबर्षअघि ग्राण्डी अस्पतालमा जोर्नी प्रत्यारोपण गराएकी थिईन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभागले अस्पतालको सेवा सुभारम्भ गरेसँगै जोर्नी प्रत्यारोपण सेवा समेत शुरु गरेको थियो । अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ हाडजोर्नी, आर्थोस्कोपि, स्पोर्ट्स मेडिसिन तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा.चक्रराज पाण्डे नेतृत्वको टिमले अस्पतालमा बिगत पाँच वर्षदेखि आर्थोप्लास्टी अर्थात जोर्नी प्रत्यारोपण गर्दै आइरहेको छ । डा. पाण्डेले बिगत २१ बर्षदेखी निरन्तर रुपमा सफल जोर्नी प्रत्यारोपण गर्दै आएका छन् । 

बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित बिकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा फिजियो थेरापी तथा औषधिहरुको प्रयोग गरिसकेपछि पनि उपचार नभएको अवस्थामा जोर्नी प्रत्यारोपणको बिकल्प रोज्नुपर्ने डा. पाण्डेको भनाई छ । जोर्नी प्रत्यारोपणमा कृतिम जोर्नीलाई शल्यकृयाको माध्यमबाट प्रत्यारोपण गरिन्छ जसले बिरामीलाई झण्डै पहिलेकै अवस्थामा समान्य र उत्पादनशिल जिवनमा फर्काउन मद्दत गर्ने उनको भनाई छ । सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्छ । 
 

Last modified on 2018-01-07 15:23:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts