काठमाडौं पूर्ण खोपयुक्त महानगर 

What's This?


Download our app to get more features

काठमाडौं, २३ पुष । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै बालबालिकाहरुलाई खोप सेवा उपलब्ध गराउने उदेश्यका साथ पूर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ ।

आइतवार महानगरपालिकाद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उपराष्ट्रपति  नन्दबहादुर पुन पासाङ्गले काठमाडौंलाई पूर्ण खोपयुक्त महानगरको रुपमा घोषणा गरेका हुन् । 

सो क्रममा स्थानीय तहको अगुवाइमा महानगरपालिकामा रहेका सबै वडामा पूर्ण खोपको सुनिश्चितता गर्ने घोषणा भएको छ । 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, स्वास्थ्यमन्त्री दीपक बोहरा, मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्य लगायतको सहभागीता थियो । 

Last modified on 2018-01-08 07:43:09

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

1 Comments

  1. Now it's time to make smoking and alcohol free nation


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts