आइओएमको डीनमा डा. शशी शर्मा पुर्नबहाली, कार्यअवधि ४ दिन मात्रै

What's This?


Download our app to get more features

काठमाडौं, २३ पुष । सरकारले चार बर्षअघि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्त गरेका डा. शशी शर्मालाई सर्वोच्च अदालतले आइतबार पुर्नबहाली गरेको छ । 

सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकुमार कार्कीको संयुक्त इजलाशले डा. शर्मालाई डीनमा पुनर्बहालीको फैसला सुनाएको हो । 

डा. शर्मा पुर्नबहाली भए पनि उनको कार्य अवधि ४ दिनमात्रै बाँकी छ । २७ पुसमा उनको कार्यअवधि सकिदैछ । 

यी निवेदकको मिति २०७०/०९/२८ बाट ४ वर्ष अर्थात २०७४/०९/२७ सम्म पदावधि बाँकी रहेको देखिँदा सो बाँकी दिन ४ को हकमा निवेदकले वहाल हुन चाहेमा आजैका मितिबाट बहाल हुन जानु भनी परमादेशको आदेश जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ।

सरकारले ८ माघ ०७० मा डा. शर्मालाई आइओएमको डीन पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

डा. शर्माको अन्तिम रिटमा सुनुवाई गर्दै प्रधानन्याधीश पराजुलीले डा. शर्मालाई डीन पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ । 

डा शर्मालाई आइओएमको डीनमा नियुक्त गरेलगत्तै राजनैतिक भागबण्डा भएको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी अनशन बसेका थिए । त्यसपछि सरकारले तत्कालै डा. शर्मालाई पदबाट बर्खास्त गरेको थियो । 

Last modified on 2018-01-08 09:22:54

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts