यस्ता व्यक्तिमा रक्त क्यान्सरको जोखिम उच्च

(भिडियोसहित)



Download our app to get more features

क्यान्सर जटिल प्रकृतिको रोग हो । त्यसमा पनि रक्त क्यान्सरलाई अझ भयावह रुपमा लिइन्छ । नेपाली समाजमा रक्त क्यान्सर भयो भने यसको उपचार नै हुँदैन र बिरामीको तुरुन्त मृत्यु हुन्छ भन्ने सोच । तर समयमै रोग पहिचान भए सबै प्रकारका क्यान्सर निको हुने बताउँछन रक्त रोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. अमित श्रेष्ठ । रक्त क्यान्सरबाट बच्ने उपायका बारेमा डा. श्रेष्ठको भनाई यस्तो छ :— 
रगतमा रहेका आरबिसी र डब्लु बिसी कोषिकाहरू अनियन्त्रित रुपले बढ्नु नै रक्त क्यान्सर हो । रक्त क्यान्सर भए नभएको एकिन गर्ने बोनम्यारोको परीक्षण गर्नुपर्छ । 

रक्त क्यान्सरको प्रमुख कारण:

  • अव्यवस्थित खानपान ।
  • बिलासी जीवनशैली ।
  • धुम्रपान, मध्यपान ।
  • रसायनयुक्त वातावरणमा धेरै समयसम्म बस्नु 
  •  आणविक युद्धबाट निस्कने धुँवाधुलो ।
  • वातवराणीय प्रदुषण ।
  • वंशाणुगत कारण । 

लक्षण :

  • रगतमा हेमोग्लोबिनको मात्रा कम हुने ।
  • शरीरमा निला नीलडाम टाटाहरू देखिने । 
  • कुनै पनि रोग लागेपछि छिटो निको नहुने । 
  • चोटपटक लागेमा रगत नरोकिने । 
  • नाक, मुख, गिजाबाट रगत बग्ने ।
  • शरीरका विभिन्न भागका संक्रमण हुने ।

यस्ता व्यक्तिलाई रक्त क्यान्सरको उच्च जोखिम 

  • पहिले नै केमोथेरापी लिएका व्यक्ति । 
  • विकिरणयुक्त स्थानमा लामो समय काम गर्ने र बस्ने व्यक्ति ।
  • बेन्जिन नामक केमिकल प्रयोग गर्ने व्यक्ति ।  

बच्ने उपाय

  • बेन्जिन केमिकलको प्रयोग नगर्ने । 
  • स्वच्छ वातावरणमा बस्ने ।
  • सधै स्वस्थ र सन्तुलित खाना खाने । 
  • स्वस्थ व्यक्तिले पनि वर्षको एक पटक रगत परीक्षण गराउने ।
  • कुनै पनि शंका लागे तुरुन्त अस्पताल जाने । 

बिरामीले ध्यानु पर्ने कुरा

  • चिकित्सकको सल्लाह बमोजिम खानपान गर्ने ।
  • विशेष गरी काँचो खानेकुरा, जंंगफुड, केमिकल मिसिएको खाना नखाने ।
  • औषधिको प्रयोग चिकित्सकले भने बमोजिम गर्ने ।
  • चिकित्सकको सल्लाहा बमोजिम रगत तथा स्वास्थ परीक्षण गराउने । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-01-08 23:13:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts