स्वास्थ्य शिविरमा ९५ जनाको पाठेघर परीक्षण



Download our app to get more features

रत्ननगर (चितवन) २४ पुष । चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघरको निःशुल्क परीक्षण गरिएको छ । 

वडा नं ९ को वडा कार्यालयको सहयोग तथा स्थानीय उपभोक्ता समितिको आयोजनामा भएको दुईदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन आइतबार ९५ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर आज पनि जारी छ । 

नगरपालिकाको साविक वडा नं ७ मा ४३ जना र साविक वडा नं ६ मा ५२ जना महिलाको पाठेघर जाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिए । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डा मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको लामाले जानकारी दिए । 

वडा अध्यक्ष रोशन आचार्यले घरायसी कारणले अस्पताल पुग्न नसकेका महिलालाई गाउँमा नै स्वास्थ्य शिविर सञ्चालन हुँदा सजिलो भएको बताए । 

उपभोक्ता समितिकी संयोजक कमला घिमिरेले पाठेघर शिविरले महिलाको स्वास्थ्य परीक्षणमा सहज भएको बताए । 

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts