सर्वाेच्च अदालतलाई डा. केसीको चेतावनी अब तिम्रो पालो



Download our app to get more features

काठमाडौं, २४ पुष । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा प्रा.डा शशी शर्माको पुर्नबहाली को विषयलाई लिएर डा. गोविन्द केसीले सर्वोच्च अदालत प्रति आक्रोस व्यक्ति गरेका छन् ।

चार वर्ष अघिको मुद्धालाई लिएर अदालतले प्रा.डा शशी शर्मालाई आइओएमको डीनमा पुर्नबहाली गरेपछि केसी सर्वोच्च अदालत प्रति खनिएका हुन ।

डीन शशी शर्मालाई सर्वोच्च अदालतले आइतबार पुर्नबहाली गरेको थियो । एक विज्ञप्ती जारी गर्दै केसीले सर्वोच्चका प्रधानन्यायधीश विरुद्ध लड्ने बताए ।

प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकुमार कार्कीको संयुक्त इजलाशले डा. शर्मालाई डीनमा पुनर्बहालीको फैसला गरेको हो ।  

डा.केसीले मेडिकल माफियाको पक्षमा फैसला गरेको भन्दै न्यायालयबीचको साँठगाँठ बिरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिए । उनले विज्ञप्तीमा भनेका छन् न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाहरुविरुद्ध लड्नुको विकल्प छैन ।

सर्वोच्चको फैसला विरुद्धमा उठाइने कदमका बारेमा जानकारी गराउन डा.केसीले आज २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

Last modified on 2018-01-08 15:17:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts