इतिहासले सम्झने काम गर्छु: डीन शर्मा



Download our app to get more features

काठमाडौं, २४ पुष । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका डीन प्रा.डा. शशी शर्माले आफुले ढिलै भएपनि न्याय पाएको बताएका छन् ।

आफ्नो कार्यकालको जम्मा तीन दिन मात्रै समय रहेपनि शर्माले सर्वोच्च अदालतबाट पुर्नबहाली पाएसंगै न्याय जिवीत रहेको बताएका हुन ।

‘आईओएम विगत केही बर्ष देखि अस्तव्यस्त भएको छ’ उनले भने, ‘यसलाई एउटा टुङ्गोमा पुर्याउनु मेरो पहिलो दायीत्व रहेको छ ।’ ‘विद्यार्थीहरुले आईओएममा लगाएको ताला महिना दिन देखि जारी छ यसलाई वार्ता र संवादका माध्यमद्धारा अगाडी लैजाने छु । त्यसका लागि आजै आन्दोलनरत विद्यार्थीहरुसंग छलफल र परामर्श गर्ने छु’ शर्माले भने ।

अहिले योजना भन्ने भन्दा पनि पहिलो डीन कार्यलयमा लगाएको ताला खोलेर स्पष्ट योजना सार्वजनीक गर्ने डीन शर्माले बताए ।

पूर्व डीन जगदीश प्रशाद अग्रवालको विरुद्ध लगाएको ताला विद्यार्थीहरुले अझै खोलेका छैनन् । त्रिभुवन विश्वविद्यालय र आईओएम विच देखिएको विवादलाई पनि शर्माले मिलाएर लैजाने बताएका छन् । उनले भने, ‘एमबीबीएस मा देखिएको विक्रिति मेडिकल कलेजहरुको मनोपोली लाई निमूल पार्दै आइओएमलाई अगाडी बढाउने छु ।’

स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज मेडिकल कलेजका अध्यक्ष मिलन गैरेले डीन शर्माप्रति आईओएमले सुधारको आशा र अपेक्षा राखेको बताए । हाम्रो आन्दोलन अहिले पनि जारी रहेको छ नयाँ डीन संग छलफल गरेर एउटा टुङगोमा पुग्ने लक्ष्य लिएका छौं गैरेले भने ।

Last modified on 2018-01-08 23:13:24

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts