डा. केसी सिंहदरवार प्रहरी वृत्तको कस्टडीमा



Download our app to get more features

सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएसँगै नेपाल प्रहरीले डा. गोविन्द केसीलाई सिंहदरवार प्रहरी वृत्तको कस्टडीमा पुर्याएको छ । 

पक्राउ पर्नुअघि यसो भने डा. केसीले !


अदालतको मानहानी सहित जनमानसमा भ्रम छर्नेगरी सर्वोच्च अदालतको आदेश विरुद्ध विज्ञप्तिबाजी गरेको भन्दै अदालतले साँझ केसीलाई पक्राउ गरेर अदालतमा पेश गर्ने आदेश दिएको थियो । त्यसपश्चात शिक्षण अस्पताल पुगेको प्रहरीको टोलीले उनलाई पक्राउ गरी सिंहदरवार प्रहरी वृत्तमा पुर्याएको हो । 

कस्टडीमा डा. केसीको साथमा नेपाल प्रहरी अस्पतालका एकजना चिकित्सक पनि राखिएको छ । 

Last modified on 2018-01-09 07:41:00

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts