डा. केसीलाई भेट्न बाबुराम एकाबिहानै पुगे सिंहदरवार 



Download our app to get more features

काठमाण्डौ । अदालतको मानहानी गरेको अभियोगमा गएराति अनशनस्थलबाटै गिरफ्तारीमा परेका प्राध्यापक चिकित्सक डा. गोविन्द केसीलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सिहंदरबार प्रहरी परिसर पुगेका छन् ।

 केसीको गिरफ्तारी लगत्तै सामाजिक सञ्जालमा विरोध गरेका डा. भट्टराई बिहानै ऐक्यबद्धता जनाउन सिंहदरबार पुगेका हुन् । उनले भेटका क्रममा डा. केसीको भ्रष्टाचार विरुद्धको अभियानमा अन्तिमसम्म साथमै रहने प्रतिवद्धता व्यक्त गरेको डा. भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाएका छन् । 
साथै डा. भट्टराई केसी पक्राउको विरुद्ध अहिले माइतिघरमा सुरु भएको दबाब र्यालीमा पनि सहभागी भएका छन् । 

Last modified on 2018-01-09 09:54:14

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts