आइओएमको गाँठो फुकाउँदै डीन  



Download our app to get more features

काठमाडौं, २५ पुस । चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएमका डीन प्रा.डा शशी शर्माले पदबहाली गरेसंगै आइओएमको विवादको मुख्य गाँठो फुकेको छ ।

अब दुई दिन मात्रै कार्यकाल रहेका शर्माले आफुले डीनमा पदवहाली गरेको भोलिपल्ट सोमबार आन्दोलनरत विद्यार्थीका मुख्य दुई माग सम्बोधन गरेका छन् । 

विभिन्न माग राखेर आइओएममा ताला लगाएर आन्दोलनमा रहेका विद्यार्थीहरुका माग सम्बोधन गर्दै शर्माले बाँकी बिषय पनि चाडै टुङ्गोमा पुग्ने बताए ।

आन्दोलनरत विद्यार्थीले लामो समय सम्म बेवास्था गरेका विषय शर्मा डीनमा पुनरर्वहाली भएर आएसंगै पुरा भएको भन्दै शर्माको कदमको प्रशंसा गरेका छन् । 

स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज क्याम्पसका अध्यक्ष मिलन गैरेका अनुसार डीन शर्मा आउनासाथ विद्यार्थीको पहिलो माग सम्बोधन भएको हो ।

तत्कालीन डीन अग्रवालको कार्यशैली प्रति असहमती जनाउँदै आन्दोलन गरेका विद्यार्थीले एक महिना देखि डीन कार्यलयमा ताला लगाएका छन् । अध्यक्ष गैरेले भने, ‘डीन कार्यलय र महाराजगञ्ज चिकित्सा क्याम्पसले आफ्नो प्रतिवद्धता जनाए अनुसार विपन्न महिलाको कोटामा इन्टरर्नल मेडिसिनमा अध्ययन रत विद्यार्थीलाई गलत कोटामा भर्ना लिएको थियो ।

डा. शर्माले त्यसलाई रद्ध गर्नु भएको छ ।’ किष्ट मेडिकल कलेजका लागि छानिएकी एक छात्रालाई आईओएममा गलत तरिकाबाट भर्ना लिएकाले त्यस विद्यार्थीलाई तत्काल किष्ट मेडिकल कलेजमै पठाउने पनि सहमति भएको छ । एम महिनासम्म अग्रवालले नगरेको काम डीन शर्माले गर्नुभएको अन्य केही विषयमा छलफल गरी ताला खोल्ने पक्षमा हामी छौं गैरेले भने । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts