जनताको विश्वास गुमाएको दिन सर्वोच्च अदालत लर्खराउछ : गगन थापा (भिडियोसहित)



Download our app to get more features

काठमाडौं, २५ पुष । कांग्रेस नेता गगन थापाले सर्वोच्च अदालत जनताको विश्वासमा चल्ने भन्दै जनताको विश्वास गुमाएको दिन लर्खराउने अभिव्यक्ति दिएका छन् । 

पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा बोल्दै कांग्रेस नेता थापाले सर्वोच्च अदालतले जनताको विश्वास जित्न सक्नुपर्ने बताए । चिकित्सा क्षेत्रको सुधारको लागि डा केसीले पटकपटक आन्दोलन बसेको स्मरण गर्दै डा केसीलाई पक्राउ गरेर अदालतले प्रतिसोध साँध्न मात्रै भएको उनले बताए ।  डा केसीलाई पक्राउ गरेर अदालतको प्रतिष्ठा बढ्दैन बरु घट्छ उनले भने  ।

चिकित्सा क्षेत्रको परिस्थिति बिग्रन खोजेको भन्दै समयमै अग्रसरता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आग्रह गरे । उनले भने म अपेक्षा गर्दछु , परिस्थितिले अझै वहाँ (शेरबहादुर देउवा) नै प्रधानमन्त्री हुनुहुन्छ, चिकित्सा क्षेत्रलाई बिगार्ने प्रयास भइरहेको यसलाई वहाँले रोक्नुपर्छ । 

सभामा बोल्दै नेता थापाले डा केसीलाई मानहानी लाग्छ भने उनको समर्थनमा रहेका सबैलाई मानहानी लाग्नुपर्ने अभिव्यक्ति दिएका छन् । उनले भने श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो मानहानी लागोस्  । 

डा केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस नेता गगन थापा , विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 

 

Last modified on 2018-01-10 17:02:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts