बयान शुरु नहुँदा डा. केसी एम्बुलेन्समा आराम गर्दै

What's This?


Download our app to get more features

काठमाडौं, २५ पुष । डा. गोविन्द केसीविरुद्ध अदालतको अवहेलना मुद्दामा अहिलेसम्म बयान सुरु हुन सकेको छैन् ।  

बिहान ९ बजे डा. केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएपनि ११ बजेतिर बेञ्च तोकिएको थियो तर अहिलेसम्म बहस शुरु नसकेको डा. केसीका अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । 

अदालतमा वयान शुरु हुन ढिला भएका कारण डा केसी उनलाई ल्याइएको एम्बुलेन्समै आराम गरिरहेको अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । 

उनले भने डाक्टरसाबलाई अलि बिसन्चो देखिएका कारण वहाँ एम्बुलेन्सभित्रै आराम गरिरहनु भएको छ । 

डा.केसीविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको २ नम्बर इजलाशमा परेको छ ।  डा.केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्दैछन् । 

डा. केसीको विपक्षमा उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, श्यामप्रसाद खरेलले बहस गर्दैछन् । 

Last modified on 2018-01-09 14:35:25

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts