अदालत लगेको ५ घण्टापछि डा. केसीको बयान शुरु

What's This?


Download our app to get more features

काठमाडौं, २५ पुष । डा.गोविन्द केसीविरुद्ध अदालतको अवहेलना मुद्दामा बयान शुरु भएको छ । 

मंगलबार बिहान ९ बजे नै डा. केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएपछि ११ बजेतिर इजलाश तोकिएको थियो । डा. केसीलाई भने दिउँसो दुई बजे मात्रै बयान लिन शुरु गरेको  अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । 
अदालतमा बयान लिन ढिला भएपछि डा. केसीलाई एम्बुलेन्समै राखिएको थियो । 

डा. केसीविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको २ नम्बर इजलाशमा परेको छ । 

डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्दैछन् । 

डा. केसीको विपक्षमा उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, श्यामप्रसाद खरेलले बहस गर्दैछन् । 


 

Last modified on 2018-01-09 15:24:53

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts