बुधवारमात्रै बहस, डा.केसीलाई हिरासतमै राखिने

What's This?


Download our app to get more features

काठमाडौं, २५ पुष । सर्वोच्च अदालतको अवहेलनाको मुद्दामा डा गोविन्द केसीको बयान सकेपनि बहस भने बुधवार मात्रै शुरु हुने भएको छ । 

न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलाशमा आजै बहस शुरु गर्ने तयारी गरेपनि डा. केसीको बयान लिन ढिलाइ भएपछि भोली बुधवारको लागि सरेको हो । 
बहस नसकिएका कारण डा गोविन्द केसीलाई प्रहरी हिरासतमै राखिने भएको छ । 

डा.केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्दैछन् ।  डा. केसीको विपक्षमा उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, श्यामप्रसाद खरेलले बहस गर्दैछन् ।  
 

Last modified on 2018-01-09 18:41:21

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts