बहस शुरु नहुँदै इजलाशमा हंगामा !

बहस भोलिमात्रै, डा.केसीलाई हिरासतमै राखिने



Download our app to get more features

काठमाडौं, २५ पुष । सर्वोच्च अदालतको अवहेलना मुद्दामा डा.गोविन्द केसीको बयान नसकिँदै सञ्चारमाध्यममा त्यसबारे सूचना बाहिर आएको भन्दै डा.केसीका विपक्षी वकिलहरुले इजलाशमा आपत्ति जनाएका छन् । अदालतमा बयान दिँदै गरेको भिडियो बाहिर लाइभ टेलिकास्ट भइरहेको भन्दै डा केसी विपक्षीतर्फका अधिवक्ता रमण श्रेष्ठ लगायतले आपत्ति जनाएका थिए ।

डा.केसीले आफ्नो बयान दिएर हस्ताक्षर गर्ने क्रममा विपक्षी वकिलहरुले इजलाशमा विरोध जनाएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । 'बयान सकेर डा. केसीले हस्ताक्षर गर्दै हुनुहुन्थ्यो रमण श्रेष्ठ लगायतका विपक्षी वकिलहरु आएर इजलाशमा आपत्ति जनाउनुभयो' अधिवक्ता न्यौपाने भने ।  

विपक्षी वकिलहरुले डा. केसीको बयान नसकिँदै कसरी सूचना बाहिरियो भन्दै बखेडा झिकेपछि इजलाशमा केहीबेर कोलाहल मच्चिएको थियो ।  अदालतभित्रको बयानको लाइभ टेलिकास्ट केही सञ्चारमाध्यममा  प्रत्यक्ष प्रशारण भइरहेको भन्दै डा.केसी तर्फका विपक्षी वकिलहरु आएर विरोध जनाएका थिए । 

कसैले घडी वा डट्पेनमा भएको क्यामरामार्फत इजलाशभित्रको भिडियो बाहिर प्रशारण गरेको हुनसक्ने भन्दै अधिवक्ता रमण श्रेष्ठले इजलाशमा आपत्ति जनाएका थिए ।  बाहिर कसरी भिडियो प्रशारण भयो भन्दै वहाँहरुले इजलाशभित्रको सिसीटिभी जाँच गर्नुपर्ने माग गर्नुभयो अधिवक्ता न्यौपानेले जानकारी बताए । 

इजलाश केहीबेर तनावपूर्ण बनेपछि न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलाशले बहस भोलि बुधवारको लागि सारेका थिए ।  बहस बुधवारको लागि सारिएसँगै डा.केसीलाई हिरासतमै राखिने भएको छ । 

बिहान ९ बजे डा केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो भने त्यसको ५ घण्टापछि मात्रै डा.केसीको वयान लिइएको थियो । 

डा.केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्दैछन् ।  डा. केसीको विपक्षमा उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, श्यामप्रसाद खरेलले बहस गर्दैछन् ।  

Last modified on 2018-03-27 04:31:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts