रुघाखोकीमा हेलचक्रयाइ गरे निमोनीया



Download our app to get more features

निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित एक रोग हो ।

फोक्सोमा ठुलो श्वासनली, सानो श्वासनली, ब्रोंकाइ लगायत विभिन्न खालका टेस्यु हुन्छन् । टेस्युमा कुनै कारणले संक्रमण भए निमोनिया हुन्छ । यस्ता संक्रमणले फोक्सोको तल्लो र माथिल्लो भागलाई असर गर्छ । 

निमोनियाका असर 
विशेषगरी फोक्सोमा भाइरस, ब्याक्टेरीया र फंगल्सका कारण संक्रमण भइ निमोनिया हुन्छ । यिनै संक्रमणसँग जुध्न नसकेपछि फोक्सोको नियमित काममा असर पर्छ । 
—ब्याक्टेरीया, भाइरस वा फंगल्सले फोक्सोको प्रतिरोधात्मक क्षमतालाई नष्ट गर्छ । त्यस्ता टेस्युमा संक्रमण फैलाउदै जान्छ । 
—फोक्सोका टेस्टुमा संक्रमण भएपछि पानी जम्ने, पिप जम्ने, हावा जम्ने जस्ता समस्या आउँछ ।
—निमोनियाले सबैभन्दा पहिले फोक्सोलाई बिर्गाछ । फोक्सोमा संक्रमण भएपछि हावालाई छान्ने काम हुन सक्दैन । त्यसैले चाहिनेजति अक्सिजन शरीरले पाउँदैन । यसको असरले श्वासप्रश्वास अवरुद्ध भइ समस्या सिर्जना हुन्छ । समयमा निमोनियाको उपचार भएन भने मानिसको ज्यानै जान सक्छ ।

वृद्धवृद्धा र बालबालिकामा जोखीम बढी
निमोनियाको जोखिम विशेषगरी बालबालिका र वृद्धवृद्धामा बढी हुन्छ । यसर्थ, युवामा निमोनियाको संक्रमण नै हुँदैन भने होइन । बालबालिकाको फोक्सो पूर्ण रुपले विकास भएको हुँदैन जसले गर्दा निमोनिया संक्रमण छिटो हुन्छ । साथै उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने हँुदा बालबालिकामा यसको जोखिम बढी हुन्छ ।
यसैगरी वृद्धवृद्धामा पनि फोक्सोका टेस्युहरूमा विभिन्न कारणले असर पुगेको हुन्छ । उनीहरूमा कडा किसिमको दम, मुटु रोगको सम्भावना पनि उच्च रहन्छ । जसका कारण सामान्य रुघाखोकी लाग्दा पनि निमोनियाको संक्रमण हुन्छ । दीर्घ रोगका बिरामीलाई निमोनियाले छिटो समाउँछ ।

निमोनियाका कारण
—फोक्सोमा भाइरस, ब्याक्टेरीया र फंगल्सको संक्रमण, लगातारको रुघाखोकीका कारण निमोनिया हुन्छ ।
—कहिलेकही रुघाखोकी नलागी अन्य कारणले पनि निमोनिया हुन सक्छ ।
—एक पटक निमोनिया भइसकेको तर राम्रोसँग उपचार भएको छैन भने त्यस्ता व्यक्तिमा पटक पटक दोहोरीन सक्छ ।
—संक्रमित मानिसको संर्सगबाट पनि निमोनियाको सम्भावना बढी हुन्छ ।

रोकथामका उपाय 
— रुघाखोकी लागेका मानिसबाट टाडै बस्ने  ।
—बालबालिकालाई निमोनिया विरुद्धको खोप दिने ।
—धुँवा धुँलोबाट बच्ने । 
—निमोनियाको औषधि चिकित्सकले दिएको समयमा नछाडी सेवन गर्नु पर्छ ।
—रुघाखोकीमा हेलचेक्रयाइ नगर्ने ।
 

Last modified on 2018-11-07 09:29:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts