नेपाल नर्सिङ संघ आन्दोलनमा



Download our app to get more features


काठमाडौं, २६ पुस । नेपाल नर्सिङ संघले नर्सहरुको हकहितका लागि ११ बुँदे माग सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

विज्ञप्तीमा संघले नर्सहरुको हक हितका लागि आन्दोलन गर्ने बताइएको छ । विज्ञप्तीमा भनिएको छ आगामी पौष २६ र २७ गते कालो पट्टि बाध्ने, पौष २८, २९, ३० गते बिहान १० देखि ११ बजे सम्म कुनै काम नगर्ने । माघ १,२,३ गते  बिहान १० देखि १ बजे सम्म कुनै काम नगर्ने । माघ ४,५,६ बिहान ८ देखि दिउसो ४ बजे सम्म कुनै पनि काम नगर्ने । त्यस विचमा पनि मागबारे सुनुवाई नभए ७ गते देखि अनिश्चित कालीन काम नगर्ने बताईएको छ । 

यी हुन नेपाल नर्सिङ संघले उठाएका माग
१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस ।
२. अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस् ।
३. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस् ।
५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस ।
६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस ।
७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस ।

८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।
९. योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।

१०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।
११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस ।
 

Last modified on 2018-01-12 13:03:44

1 Comments

  1. जनक अधिकारी on Wed, Jan 10 2018 03:14 PM

    अति शुन्दर कदम .| निजि अस्पतालमा भएको श्रम सोषण कहाली लाग्दो छ .| पेशागत हक अधिकार सुरक्षित गर्नु सबै पेशाकर्मीको लागि आबश्यक छ | अग्रिम सफलताको शुभकामना .|


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts