गुणस्तरहीन २२ प्रकारका औषधि विक्रिमा प्रतिबन्ध 



Download our app to get more features

काठमाडौं, २६ पुस । गुणस्तरहीन औषधि बजारमा आएको भन्दै औषधि व्यवस्था विभागले २२ प्रकारका औषधि फिर्ता पठाएको छ ।

आवश्यक मापदण्ड नपुगेका नेपाली र भारतीय कम्पनीद्धारा उत्पादीत २२ प्रकारका औषधि बिक्रिका लागि बजारमा पुग्न नपाउँदै विभागले फिर्ता पठाएको हो । 

गूणस्तरहीन औषधिमा आयुर्वेदीक, एलोपेथिक र इन्जेक्सन रहेका छन् । औाषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आर्थिक बर्षको चौमासीक देखि हाल सम्म २२ प्रकारका औषधि फिर्ता पठाएको बताए । विभागका अनुसार भारतीय चर्चित कम्पनी देखि नेपालका राम्रा कम्पनी सम्मले गूणस्तरहीन औषधि उत्पादन गरी बजारमा ल्याएका थिए । 

औषधि व्यवस्था विभागका आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदका मात्रै १३ प्रकारका औषधि कम गूणस्तरका कारण फिर्ता पठाईएको छ । 

यस कारण गूणस्तरहीन
बजारमा आएका औषधि विक्रिमा प्रतिवन्धीत बिभिन्न कारणले लाग्ने गर्छ । ज्ञवालीका अनुसार, औषधि उत्पादनको क्रममा कतिपय औषधिमा सरसफाई, धुने केलाउने क्रममा शरिरलाई रोग लगाउने किसिमका किटाणु जसले मानिसलाई टाईफाइड गराउने, पेटको रोग गराउने जस्ता किटाणुबाट औषधिहरु संक्रमित हुन्छन । यसको प्रयोगशाल परिक्षणबाट प्रमाणीत भएको खण्डमा विभागले विक्रिमा रोक लगाई फिर्ता पठाउँने गरको छ । यस्ता औषधिको सेवनले सिधै शरीरमा असर गर्ने चिकित्सकहरुले बताएका छन् । 

बिक्रिमा रोक लगाएका औषधि
ग्लामीपराईड टु    ब्याच नं. जीपी ३० ट्याब्लेट    टाईम फर्मास्यीटिकल प्रा.लि
ग्लामीपराईड टु   ब्याच नं. एलपिएन ७२१४८      टाईम फर्मास्यीटिकल प्रा.लि
प्रर्दनासक चुड     व्याच नं. १४—ए              श्री वैद्यनाथ आयुर्वेद भवन    भारत 
सत्यवर्यादी चुड    व्याच नं. १२ — बी                श्री वैद्यनाथ आयुर्वेद भवन 
लव भाष्कर भुड    व्याच नं.  ९                 श्री वैद्यनाथ आयुर्वेद भवन 
पञ्चसकार चुड   व्याच नं. २२                   श्री वैद्यनाथ आयुर्वेद भवन 
हिङवस्टक चुड    व्याच नं. ८                    श्री वैद्यनाथ आयुर्वेद भवन 
सितोपलादी चुड    व्याच नं. ३४                  ओम सुर्य जडिबुटी उद्योग    नेपाल 
एसिटप          व्याच न. एम २६० एल ०१५        एरिस्टो फर्मास्यीटिकल प्रा.लि 
¥यापिड२०       व्याच नं. आरबिटी ३०२१            एसियन फर्मा
मेट्रो४००        व्याच न. एमटिटि ०३१७             लोमस फर्मा
ईन्डोसेफ ५०   व्याच न.  ०८१००२                  भेगा फर्मा 
ल्याक्सो१००    व्याच न. १५१                       किङस हर्वस  फर्मा
ल्याक्सो३००    व्याच न. १५२                       किङस हर्वस  फर्मा
प्यानो प्याज आईभि   व्याज न. एन१६७०१            एग्लोमिड  लिमिटेड  भारत 
 

Last modified on 2018-01-10 17:03:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts