डा.केसीको पक्षमा सयजना वकिल, केहीले मात्रै बहस गर्दै



Download our app to get more features

काठमाडौं, २६ पुष । सर्वोच्च अदालतको अवहेलना मुद्दामा बुधवारबाट बहस शुरु भएको छ ।  

मंगलवार डा गोविन्द केसीको बयान सकेपछि न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलाशले बुधवारका लागि बहस सारेका थिए । डा.केसीले हिजो दिएको बयानमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि ११ अभियोग लगाएका थिए ।

सर्वोच्च अदालतमा अवहेलना मुद्दा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशमा परेको छ । 

डा.केसीको पक्षमा सय जना वकिलले बहस गर्ने भनिएपनि हरेकले बहस गर्दा बहस लम्बिने भएका कारण सीमित १०/१२ जनालाई मात्रै बहस गराउने तयारी भइरहेको डा केसी पक्षधर अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । 

उनले भने 'डासाबको पक्षमा बहस गर्न सयजना वकिलहरु रहेका छन् ।  सबैलाई पाँचपाँच मिनेट मात्रै समय दिँदा पनि बहस धेरै लम्बिने देखिन्छ । छलफल गरेर १०/१२ जना वकिलले मात्रै बहस गर्ने तयारी भइरहेको छ।'

डा. केसीको पक्षधरमा अधिवक्ता कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठी लगायतले बहस गर्दैछन् । 

डा. केसीको विपक्षमा अधिवक्ता रमण श्रेष्ठ, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने लगायतले बहस गर्दैछन् । 

Last modified on 2018-03-27 04:30:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts