एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै



Download our app to get more features

काठमाडौँ, २६ पुष । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक जाँदै छन् । 

दुई महिना अघि नै नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण उनी नगएको पारिवारिक स्रोतले जनाएको छ । 

केही दिनअघि झाडापखालाका कारण अस्वस्थ भएका अध्यक्ष ओली आज नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । 

चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएको भए पनि चुनावको व्यस्तताले उनले स्वास्थ्य परीक्षण गराएका थिएनन् ।
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts