ग्यास्ट्रिक बिग्रिए क्यान्सर

(भिडियोसहित)



Download our app to get more features

खनपान र जीवनशैलीमा लापर्वाही गर्दा ग्यास्ट्रिकको समस्या हुने गर्छ । यो समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । ग्यास्ट्राइटिस् के हो र यसबाट बच्ने आयुर्वेदिक उपचार पद्धति बारे आयुर्वेदिक चिकित्सक डा. नविन बाँस्तोलाको भनाइ यस्तो छ :-
ग्यास्ट्राइटिस्लाई नै बोलीचालीको भाषामा ग्यास्ट्रिक भन्ने गरिन्छ । चिकित्सकीय भाषामा ग्यास्ट्रिक भनेको पेट हो । ग्यास्ट्रिकमा देखापर्ने समस्या भएकाले नै ग्यास्ट्राइटिस् भनिएको हो । 

के हो ग्यास्ट्राइटिस् ?

मानव शरीरमा विभिन्न पाचन रसहरू हुन्छन् । खाना खाँदा आमाशयभित्र हाइड्रोक्लोरिक एसिड नामको अम्ल उत्पादन भइरहेको हुन्छ । जसले खानालाई पचाउनुको साथै, आमाशायभित्र रहेका किटाणुलाई मार्ने काम गर्छ । हेलीकोब्याक्टर पाइलोरी एक प्रकारको किटाणु हो । पेटभित्र हाइड्रोक्लोरिक एसिड र हेलीकोब्याक्टर पाइलोरीको समायोजित उत्पादन र मात्रा नमिले ग्यास्ट्राइटिस् हुन्छ । 

ग्यास्ट्राइटिस्का कारण :

  • असन्तुलित खानपान हो ।
  • खाना बढी खानु ।
  • मसलेदार खानाका साथै, अमिलो, पिरो, चिल्लो बढी खानु ।
  • पानी कम पिउनु वा शरीरमा पानीको मात्र कम हुनु ।
  • धुम्रपान तथा मध्यपान बढी गर्नु ।
  • खाली पेटमा दुध हालेको चिया÷कफी पिउनु । 
  • खाना खाने बित्तिकै सुत्नु । 
  • दिशापिसाब लामो समय रोक्नु ।

लक्षण:

ग्यास्ट्राइटिस् कुन स्टेजमा छ सोही अनुसार लक्षण देखिन्छ । साधारणतया पेट दुख्नु यसको प्रमुख लक्षण हो ।

  • श्वास फेर्न असजिलो हुने । 
  • मुखमा अमिलो पानी आउने । 
  • पेट फुल्ने ।
  • वान्ता आउने ।
  • खान मन नलाग्ने । 
  • छाती पोल्ने ।
  • दिसा कालो आउने ।
  • खाना अपच हुने । 
  • नाइटो वरपरको भाग दुख्ने ।
  • लामो समय भए तौल घटदै जाने ।

ग्यास्ट्राइटिस् बिग्रिए क्यान्सर 

ग्यास्ट्राइटिस्लाई सामान्य रुपमा लिनु हुँदैन् । यसको बेलैमा उपचार नगरे ज्यानै जान पनि सक्छ । ग्यास्ट्राइटिस् बिग्रिए क्यान्सर जस्तो घातक रोग लाग्न पनि सक्छ । 
आमाशयको भित्तामा हुने इन्फ्लामेसन सुन्निएर दुख्ने समस्या पछि गएर ग्यास्ट्राइटिस्मा परिणत हुन्छ । ग्यास्ट्राइटिस्लाई उपचार गरिएन भने बिस्तारै यसले आन्द्रामा असर पुर्याउँछ र अल्सर समेत हुन्छ । 

बच्ने उपाय :

यसबाट बच्ने सबै भन्दा उपयुक्त तरिका भनेको नियमित र सन्तुलित खाना खानु नै हो । भोक लागेको बेला खाने नलागेको बेला कोचेर नखाने । धुम्रपान मध्यपान नगर्ने । सुख्खा खानेकुरा भुजिया, चिउरा जस्ता कुरा नखाने । बढी अमिलो, पिरो, चिल्लो खाना नखाने । 

ग्यास्ट्राइटिस् उपचारमा आयुर्वेदिक पद्धति

सही समयमा सही तरिकाले उपचार गरियो भने ग्यास्ट्रिक पूर्ण ठीक हुन्छ । आयुर्वेद उपचार पद्धतिमा ग्यास्ट्रिक उपचारको दुई विधि छन । 

समन चिकित्सा : यो भनेको जडीबुटी औषधि दिने हो । यसले एसीड नियन्त्रण गर्छ र ग्यास्ट्राइटिस् हुन दिदैन् ।

पञ्चकर्म विधि : यो विधि भनेको पेटमा भएको नराम्रो पित्तलाई विशेष प्रक्रिया वा वीरेचन विधिबाट बाहिर पठाउने हो । 

ग्यास्ट्राइटिस्का बिरामीले ध्यान दिनुपर्ने कुरा भनेकै उपचारपछि पूर्ण ठीक भइयो भनेर पुनः खानपानमा लापर्वही गर्यो भने पुनः ग्यास्ट्राइटिस् हुनसक्छ  । 

भिडियो हेर्नुहोस्:

Last modified on 2018-01-11 07:44:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts