प्रधानन्यायाधीशमाथिको आरोप छानबिन गर्न माग

सर्वोच्च अदालतमा बहस जारी



Download our app to get more features

काठमाडौं, २६ पुष । अदालतको अवहेलना आरोपमा पक्राउ परेका प्राडा गोविन्द केसीको बयानपछि सर्वोच्च अदालतको इजलासमा बहस जारी छ ।   

बहसमा डा. केसी पक्षधर वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन माग गरेका छन् । डा. केसीका वकिलहरुले प्रधानन्यायाधीशमाथि लागेको आरोपहरु पनि छानबिन गर्नुपर्ने माग गरेका छन् । यसअघि बयानका क्रममा डा. केसीले पराजुलीमाथि नै अदालतको अवहेलनासहित ११ आरोप लगाएका थिए ।

डा. केसीविरुद्धको मुद्दाको बहस न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भइरहेको छ ।

Last modified on 2018-01-11 07:44:44

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts