प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पेश गर्न आदेश



Download our app to get more features

काठमाडौं, २६ पुष । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न आदेश दिएको छ । 

न्यायाधीश पुरुषोत्तम भण्डारी र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशले बुधवार आदेश सुनाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न आदेश दिएका छन् । 
मंगलवार इजलाशमा डा. केसीले प्रधानन्यायाधीशको नागरिकता र एसएलसीको प्रमाणपत्रका विषयमा प्रश्न उठाउँदै बयान दिएका थिए । 

डा. केसीको पक्षधरमा अधिवक्ता कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए ।  डा. केसीको विपक्षमा अधिवक्ता रमण श्रेष्ठ, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने लगायतले बहस गरेका थिए । 


अदालतले डा केसीलाई मुलुकी एन अ.बं.४७ नं. बमोजिम तारेखमा राखी डा.केसी पक्षका अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि निम्नानुसार अदालतमा पेश गर्न आदेश दिएको छ । 

१. सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकता झिकाउनुका साथै न्यायपरिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउनु । 

२. निवेदक प्राडा शशी शर्मा विपक्षी त्रिवि कुलपति तथा सम्माननीय प्रधानमन्त्री समेत भएको ०७० wo ०५७१ को मुद्दामा मिति २०७४/ ९ /२३ को फैसला सहितको मिसिल झिकाई साथै राख्नु । 


Last modified on 2018-03-27 04:29:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts