पराजुलीले राजीनामा नदिए सम्म अनशन जारी



Download our app to get more features

काठमाडौं, २८ पुस । अनसनरत डा गोविन्द केसीले आफ्नो अनशनलाई गोपाल पराजुलीले राजीनामा नदिएसम्म जारी राख्ने बताएका छन् ।

अनशन तोड्ने वा जारी राख्ने विषयमा आज बिहान भएको छलफलपछि केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिदासम्म अनशन यथावत राख्ने निर्णय गरेका हुन । 

सर्वोच्च अदालतबाटै पराजुलीको नागरीकता र एसएलसीको प्रमाणपत्र झिकाउन भनेपछि अनशन तोड्ने मनसायमा केसी देखिए पछि सबैको छलफल र परामर्श पछि कार्वाही नहुदा सम्म यथावत राख्ने निष्कर्षमा डा. केसी पुग्नुभयो उनका सहयोगी डा. अभिषेकराज सिंहले बताए ।

अदालतबाटै कार्वाही अगाडी बढीसकेको खण्डमा पदमा उनले बसिरहन मिल्दैन केसीले भनेका छन् । पराजुलीलाई कार्वाहीको माग गर्दै विद्यार्थीहरुले दिउँसो १ बजे माईतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने भएका छन् । 
 

Last modified on 2018-01-12 14:27:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts