आरक्षण कोटा खोज्न गएका आइओएमका विद्यार्थी प्रहरी फन्दामा



Download our app to get more features

काठमाडौं, २७ पुस । आरक्षण कोटा उपलब्ध हुनुपर्ने भन्दै विरोधमा उत्रिएका चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका विद्यार्थीलाई प्रहरीले धरपकड गरेको छ ।

एमबीबीएस अध्ययनमा आरक्षणको व्यवस्था गर्न माग गर्दै विभिन्न विद्यार्थीहरुले आइओएम अगाडी बिरोध जनाएका थिए । उनिहरुलाई आन्दोलन गरीरहेको अवस्थाबाट प्रहरीले पक्राउ गरेको विद्यार्थी नेता विनय पन्जियारले बताए । 

स्नातक तह प्रवेश परीक्षा संचालक समितिको मिति २०७४ पुस २५ गतेको सुचना बमोजिम आरक्षण कोटाका विद्यार्थीहरुलाई पढ्न पाउने गरी गरिएको निर्णय कानून विपरित भएकाले सो निर्णय तत्काल सच्याउन विद्यार्थीले माग राखेका छन् ।

विद्यार्थीहरुले सो निर्णय सहि छ भन्ने आधार भए सोको पुष्ट्याई सहित निर्णय सार्वजनिक गरियोस् पन्जियारले भने । प्रहरीले विरोधमा उत्रिकाए एक दर्जन विद्यार्थी पक्राउ गरेको छ । 
 

Last modified on 2018-01-12 14:27:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts