देशभरका नर्सहरु आन्दोलित, कालोपट्टी बाँधेर सेवामा

What's This?


Download our app to get more features

काठमाडौं, २७ पुष । देशभरका नर्सहरुले विहीवार कालोपट्टी बाँधेर अस्पतालमा सेवा गरिरहेका छन् । 

नेपाल नर्सिङ संघको आव्हानमा बिहीवार देशभरका सबै नर्सहरुले कालोपट्टी बाँधेर सेवा गरिरहेका छन् । विभिन्न ११ बुँदे माग राखी नर्सिङ संघले पुष २६ गतेदेखि ३० गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । पुष २६ र २७ गते कालोपट्टी बाँधेर सेवा गर्ने र पुष २८, २९, र ३० गते सबै अस्पतालहरुमा बिहान १० देखि ११ बजेसम्म एकघण्टा सेवा ठप्प पार्ने नर्सिङ संघल निर्णय गरेको थियो । 

देशभरका नर्सहरुको साझा समस्यालाई सम्बोधन गराउन पनि आन्दोलनमा उत्रेको नर्सिङ संघकी वरिष्ठ उपाध्यक्ष गंगा थापाले बताइन् । उनले भनिन् 'भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा प्रशासनले नर्समाथि गरेको अन्यायको विरोध गर्दै देशभरका नर्सहरुले भोगेको साझा समस्यालाई सम्बोधन गर्नुपर्ने मागसहित हामी आन्दोलनमा उत्रेका हौं ।' 

नेपाल नर्सिङ परिषद्को निम्न ११ बुँदे मागहरु यस्ता छन् । 

१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्।
२. अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस्।
३. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ुनर्स बिरामीको अनुपातु सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्।
४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्।
५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।
६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस्।
७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस्।
८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस्।
९. योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस्।
१०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस्।
११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस्।


 
 

Last modified on 2018-01-12 07:39:04

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts