नर्सको आन्दोलन आंशिक ठाउँमा मात्र, संघले सबैको माग सम्बोधन नगरेको गुनासो



Download our app to get more features

काठमाडौं, २८ पुष । मानव अंग प्रत्यारोपण केन्द्रका एक जना नर्सलाई निकालेपछि आन्दोलनमा उत्रेको नेपाल नर्सिङ संघप्रति बाहिरी जिल्लाका नर्सहरुले असन्तुष्टि जनाएका छन् ।

संघ की अध्यक्ष तारा पोखरेल विदेश भ्रमणमा रहेका बेला संघकी वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष गंगा थापाले आफ्नो नेतृत्वमा देशैभर आन्दोलन सुरु गरेको भनेपनि बाहिरी जिल्लाका नर्सहरुले आन्दोलनबारे अनभिज्ञता जनाएका छन् ।

महोत्तरीको जलेश्वर अस्पतालमा कार्यरत एक नर्सले संघको आन्दोलनबारे आफूहरुलाई कुनै जानकारी नभएको बताइन् । उनले भनिन्,‘संघले केन्द्रका नर्सहरुको हकहितका लागि मात्रै काम गर्ने अनि देशव्यापि आन्दोलनको नाम दिनु सहि होइन ।’ यस्तै सप्तरीको राजविराज अस्पतालमा कार्यरत एकजना नर्सले पनि संघको आन्दोलन कसका लागि हो भन्ने नै थाहा नभएको भन्दै आन्दोलन गर्नुको विकल्प नभएको बताइन् ।

तर, यता संघले भने देशव्यापी आन्दोलन भनेपनि उपत्यकाकै कतिपय अस्पतालहरुमा आन्दोलन नभएको देखिएको छ । त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगायत अन्य कतिपय अस्पतालका नर्सहरुले पनि आन्दोलनबारे अनभिज्ञता जनाएका छन् ।

नर्सिङ संघकोआह्वानमा गत पुष २६ गतेदेखि ११ बुँदे मागसहित देशव्यापी आन्दोलनको घोषणा गरेको आज तेस्रोदिन १ घण्टासम्म अस्पतालका सम्पूर्ण काम बन्द गरेका थिए । संघले देशव्यापी आन्दोलनको संज्ञा दिएपनि राष्ट्रि चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल र भक्तपुर अस्पतालमा मात्रै सेवा बन्द गरिएको थियो ।

 

यो पनि पढ्नुहोस्

भक्तपुरको एउटा नर्स देख्ने नर्सिङ संघले टिकापुरका चारजनाको आँशु देखेन ?

नेपाल नर्सिङ संघ आन्दोलनमा

 

Last modified on 2018-01-12 16:03:22

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts