किष्ट अस्पताल एक महिनादेखि बन्द



Download our app to get more features

काठमाडौं, २८ पुष । सेवासुविधा वृद्धि गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलित भएपछि किष्ट मेडिकल कलेज एक महिनादेखि ठप्प छ ।

२९ मंसिरबाट कर्मचारीले सुरु गरेको आन्दोलनका कारण कलेजको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द छ ।

कर्मचारी आन्दोलन टुङ्याउने बिषयमा बुधवार श्रम बिभागमा बसेको अस्पताल प्रसाशन र आन्दोलनरत पक्षको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । प्रशासनले यसअघि नै पटक पटक वार्तामा बसिसकेका व्यक्तिलाई नै पुनः वार्ता टोलीमा समाबेस गरेपछि वार्ता निश्कर्षविहीन बनेको कर्मचारी यूनियनका अध्यक्ष रुपेश केसीले बताए । केसीले वार्ताको नाममा प्रशासनले गलत व्यक्तिलाई वार्ता टोलीमा समावेश गरेर झारा टार्ने काम गरेको आरोप लगाए । 

आन्दोलनका कारण अस्पतालका पाँच सय कर्मचारी र किष्ट मेडिकल कलेजका ७/८ सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ । तर, कर्मचारीका माग सम्बोधन गर्न कुनै पनि निकायले चासो नदिदा समस्या झन् जटिल बन्दै गइरहेको छ । आन्दोलनरत कर्मचारी भन्छन् ‘हामी काममा फर्कन चाहन्छौ । हामीलाई आन्दोलन गर्न रहर छैन ।’
 

Last modified on 2018-01-13 13:04:04

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts