शशी शर्मा गएपछि म नै हुँ डीनः डा.अग्रवाल



Download our app to get more features

काठमाडौं, २८ पुष । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा प्राडा.जगदिश प्रसाद अग्रवालले शुक्रबारदेखि पुनः हाजिरी गरेका छन् ।

सर्वोच्च अदालतले सोमबार डा.शशी शर्मालाई आइओएमको डीनमा पुर्नबाहली गरेपछि डा.अग्रवालको पदावधि स्वतः खारेज हुने भएपनि उनले कार्यालयमा हाजिरी गरेका छन् । डा.शशी शर्माको कार्यावधि भने विहिबार नै सकिएको छ । 

त्रिभुवन विश्वविद्यालयले भने आइओइएममा नयाँ डीन नियुक्तिको तयारी थालेको जनाइएको छ । यद्यपि,औपचारिक रुपमाक ुनै निर्णय भने गरेको छैन । 

त्रिवि स्रोतका अनुसार आइओएम डीनको पद रिक्त छ, चाँडै नै नयाँ डीन नियुक्त हुनेछन् । यसअघि डा.गोविन्द केसीको अनसनबाट नियुक्त भएका डा.अग्रवालले भने डा.शशी शर्माको कार्यावधि सकिएसँगै आइओएमको डीन आफैँ भएको दावी गर्दै आएका छन् ।
 

Last modified on 2018-01-13 13:04:28

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts