सूर्तिसेवनबाट बार्षिक १५ हजार नेपालीको मृत्यु

What's This?


Download our app to get more features

काठमाडौं, २८ पुष । सूर्तिजन्य पदार्थ उपभोग विश्वभर महामारीको रुपमा देखापरेको छ । यसको असर नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३० दशमलब ८ प्रतिशत नेपालीले सूर्तिजन्य पदार्थ सेवन गर्छन् जसमध्ये ४८ दशमलब १ प्रतिशत पुरुष र १४ दशमबल १ प्रतिशत महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको मन्त्रालयको भनाइ छ ।

यसमध्ये १८ दशमलब ५ प्रतिशतले धूम्रपान र १७ दशमलब ८ प्रतिशतले धूवाँरहित सूर्तिजन्य पदार्थ प्रयोग गर्ने गर्छन् । जुन विश्व आँकडाको २१ प्रतिशत हो ।

सूर्तिजन्य पदार्थ सेवनबाट ज्यान गुमाउने १५ हजारमध्ये महिलाको संख्या ६ हजार र पुरुषको संख्या ९ हजार रहेको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा दुई पुरुषमध्ये १ जनाले कुनै न कुनै किसिमको सूर्तिजन्य पदार्थको प्रयोग गर्छन् । ३ मध्ये १ पुरुष धूम्रपानको अम्मली छन् । ५ जनामध्ये २ जना व्यक्ति अरुले खाएको धूम्रपानको धूवाँले पीडित छन् । विश्व स्वास्थ्य संगठनको सन २०१५ को प्रतिवेदन अनुसार नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगदर उच्च रहेको छ । 

सूर्तिजन्य पदार्थको कारणले मुख्यतः क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेह रोग लाग्ने गर्छ ।

विश्वमा सूर्तिजन्य रोगका कारण वार्षिक ७० लाख मानिसको मृत्यु भएको तथ्यांक छ । नेपालमा पनि कुल मृत्युको करिब ११ प्रतिशत सूर्तिजन्य पदार्थबाट हुने देखिन्छ । जसमध्ये १५ प्रतिशत पुरुष र २ प्रतिशत महिलाको सूर्तिजन्य पदार्थको प्रयोगका कारण मृत्यु हुने गरेको छ ।

Last modified on 2018-01-12 17:57:45

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts