नथुनिया माेचीकाे हातबाट महपानी खाएर डा.केसीले अनशन ताेडे

प्रधानन्याधिसले राजीनामा दिएर निष्पक्ष र स्वतन्त्र रुपमा उनीमाथि छानविन नभए फेरी अनशन शुरु गर्ने



Download our app to get more features

काठमाडौ,२९ पुष । प्रा.डा. गोविन्द केसीले छैठौ दिनका दिन आज आफ्नो १४ औं अनशन तोडेका छन् ।

डा. केसीले नथुनिया माेचीकाे हातबाट महपानी खाँदै आफ्नो अनशन तोडेका हुन् ।

अनशनस्थल त्रिवी शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो अनशन तत्कालका लागि तोडिएपनि आफ्ना माग पूरा नभए जुनसुकै बेला पनि फेरी आन्दोलन शुरु गर्ने बताए । अनशन तोडेपछि बोल्दै डा. केसीले प्रधानन्याधिसले राजीनामा दिएर निष्पक्ष र स्वतन्त्र रुपमा उनीमाथि छानविन नभए फेरी अनशन शुरु गर्ने बताए । 
आफू एउटा आम नागरिक भएको र ३ करोड नेपालीका लागि लडिरहेको बताउँदै उनले न्यायलयबाट न्याय विक्री गर्ने न्यायधिसमुक्त नभएसम्म आफू लडिरहने उल्लेख गरे । 

हिजोमात्रै प्रधानन्यायधिसले रुकुममा गएर बोलेको कुरा प्रति आपत्ति जनाउँदै उनले अदालतले आवश्यक एसएलसी लगायतका कागजात बुझाउन आदेश दिइसकेको अवस्थामा संसदिय सुनुवाई समितिलाई बुझाइसकोले अरुलाई किन दिनु भनेर उल्टै अदालतको मानहानी र मानमर्दनको काम गरेकोले कडा कार्वाहीको माग गरे । आफूलाई फौजदारीको मूद्दा लगाएर पक्राउ गरिएको प्रति असनतुष्टि जनाउँदै उनले यस्ता मुद्दाबाट आफू कत्तिपनि विचलित नहुने बताए । उनले अदालतको मानहानी आफूले नभइ स्यवं प्रधानन्याधिसले गरेकोले उनैलाई फौजदारी मूद्दा लागाउनुपर्ने दाबी गरे । 

सरकारका तर्फबाट शुक्रबार वार्ता गर्न पुगेका स्वास्थ्यमन्त्री दीपक बोहोरासँग पाँच बुँदै सम्झौता भएसँगै केसी अनशन तोड्न तोडेका हुन् । डा.केसी र स्वास्थ्यमन्त्री दीपक बोहोराबीच चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति  ७ दिनभित्र गठन गर्ने, सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–wo–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमका कटौति भएका अधिकार फिर्ता गर्ने त्रिवि कुलपतिले तत्काल सिनेटको बैठक बोलाउने लगायत सहमति भएका छन् । 

Last modified on 2018-01-14 07:59:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts